रेड फोर्स नेपालको केन्द्रीय चुनावी कमान्डरमा पवन सुनार, फागुन २१ को निर्वाचन लक्षित जिम्मेवारी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
४ महिनाअघि

धनगढी। नेपालमा जेनजी विद्रोहपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी निकट सङ्गठन ‘रेड फोर्स नेपाल’ले युवा नेता पवन सुनारलाई केन्द्रीय चुनाव परिचालन समितिको संयोजक (कमान्डर) को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। सङ्गठनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुनारलाई केन्द्रीय चुनावी कमान्डरमा मनोनीत गरेको हो।

‘रेड फोर्स नेपाल’को केन्द्रीय कमिटीले शनिबार गरेको निर्णयअनुसार यसअघि प्रदेश संयोजकको जिम्मेवारी सम्हालिसकेका सुनारलाई पदोन्नति गर्दै केन्द्रीय तहको चुनावी कमान्डको जिम्मेवारी दिइएको हो। सङ्गठनले निर्वाचनमा युवाशक्तिको प्रभावकारी परिचालनका लागि अनुभवी र सक्रिय नेतृत्व आवश्यक ठानेर यो निर्णय गरेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा बलियो सङ्गठनात्मक पकड बनाएका सुनार विद्यार्थी राजनीतिबाट उदाएका जुझारु युवा नेता हुन्। उनले सुदूरपश्चिमकै ठुलो शैक्षिक केन्द्र मानिने कैलाली बहुमुखी क्याम्पसको इकाइ कमिटीबाट साङ्गठनिक राजनीति सुरु गरेका थिए। त्यसपछि नगर कमिटी हुँदै कैलाली जिल्लाको नेतृत्व सम्हाल्दै उनी सङ्गठन निर्माणमा खारिँदै आएका छन्।

लामो समयदेखि विद्यार्थी आन्दोलन तथा युवाका हकहितका सवालमा सडक र सदन दुवै माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका सुनारलाई सङ्गठनभित्र प्रभावशाली युवा नेताका रूपमा लिइन्छ।

केन्द्रीय चुनावी कमान्डरको जिम्मेवारी सम्हाले लगत्तै सुनारले आफू देशैभरको चुनावी मोर्चा सम्हाल्न तयार रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा ‘रेड फोर्स नेपाल’को सञ्जाललाई आक्रामक र व्यवस्थित रूपमा परिचालन गर्ने रणनीति सार्वजनिक गरेका छन्।

“म १६५ निर्वाचन क्षेत्रको चुनावी कमान्डर हुँ। सिङ्गो देशको चुनावी कमान्ड सम्हाल्दै पार्टीलाई विजय गराउन कुनै कसर बाँकी राख्ने छैन,” उनले भने।

सुनारले आवश्यकता अनुसार नवयुवा, सक्षम तथा योग्य विद्यार्थीहरूलाई देशभरका निर्वाचन क्षेत्रमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाको जोस, जाँगर र सङ्गठनात्मक शक्तिलाई पार्टीको मुख्य आधार बनाएर आगामी निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन्।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, ०९:१३:०६

सम्बन्धित खबर

बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता

बुधबार १३ जेठ, २०८३
२७ minutes

संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए

मङ्गलबार १२ जेठ, २०८३
१८ घण्टाअघि

‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’

मङ्गलबार १२ जेठ, २०८३
१९ घण्टाअघि

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

मङ्गलबार १२ जेठ, २०८३
२१ घण्टाअघि

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

मङ्गलबार १२ जेठ, २०८३
२२ घण्टाअघि

मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

मङ्गलबार १२ जेठ, २०८३
२२ घण्टाअघि
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०