अण्डाको मूल्य फेरि उकालो, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
९ महिनाअघि

चितवन। बजारमा अण्डाको माग बढ्दै गएसँगै यसको मूल्य पनि क्रमिक रूपमा बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको हो।

सङ्घका अनुसार अब ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढाइएको हो। यस्तै, मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।

Advertisement

यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो समयमा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा गरिएको कडाइ तथा आपूर्तिमा आएको प्रभावका कारण अण्डाको मूल्य बढेको हो।

उनका अनुसार अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादनमा कमी आउनु र बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि माग बढ्नुले पनि मूल्यमा क्रमिक सुधार देखिएको छ।

सङ्घका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न जान्छ। यसअघि लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घट्दा किसान निरास बनेका थिए।

हाल मूल्य बढ्ने संकेत देखिएपछि किसान आशावादी बनेका छन्। सङ्घले बजारको अवस्था हेरेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०