अण्डाको मूल्य फेरि उकालो, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
४ महिनाअघि

चितवन। बजारमा अण्डाको माग बढ्दै गएसँगै यसको मूल्य पनि क्रमिक रूपमा बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरेको हो।

सङ्घका अनुसार अब ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढाइएको हो। यस्तै, मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।

यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो समयमा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा गरिएको कडाइ तथा आपूर्तिमा आएको प्रभावका कारण अण्डाको मूल्य बढेको हो।

उनका अनुसार अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादनमा कमी आउनु र बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि माग बढ्नुले पनि मूल्यमा क्रमिक सुधार देखिएको छ।

सङ्घका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न जान्छ। यसअघि लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घट्दा किसान निरास बनेका थिए।

हाल मूल्य बढ्ने संकेत देखिएपछि किसान आशावादी बनेका छन्। सङ्घले बजारको अवस्था हेरेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, ०८:५३:२०
नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने
बुधबार १३ जेठ, २०८३
‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’
बुधबार १३ जेठ, २०८३
सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?
बुधबार १३ जेठ, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०