विराटनगरको सृष्टि सहकारीले बाँड्यो आफ्ना शेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ मङ्सिर, २०८२
११ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–२ मा अवस्थित सृष्टि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई पौने १३ प्रतिशत लाभांश वितरण गरेको छ ।

मुनापथस्थित आफ्नै भवनमा शनिबार आयोजित २९औं साधारणसभाका बीच आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा २०८३÷८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्दै सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईले उक्त विषयमा जानकारी दिएका हुन् ।

Advertisement

बितेको आर्थिक वर्षमा संस्थाले गरेको मुनाफाबाट शेयर सदस्यको योगदानको आधारमा उनीहरुको बचत खातामा १२.७५ प्रतिशतका दरले बोनस बापतको रकम जम्मा गरी वितरण गरिएको उनको भनाइ छ ।

संस्थाको २०८२ असार मसान्तसम्म शेयरपुँजी २ करोड ५० लाख ६ हजार १ सय, बचत ९ करोड ६० लाख ९१ हजार ३ सय ७६ र कर्जा लगानी १० करोड ८ लाख ४५ हजार बढी रहेको जनाईएको छ ।

सो संस्थाको स्थिर सम्पति भने विराटनगर २ मा आफ्नै २ तल्ले पक्की भवन सहितको ५० लाख ८६ हजार बढीको सम्पति रहेको लेखा समिति संयोजक निवास पोखरेलले जानकारी दिए ।

साधारण सभाकाबिच संस्थाले ६ जनालाई जनही ३१ सय नगद सहित सम्मानित गरेको छ ।

संस्थाले असल बचतकर्ताकोरुपमा विराटनगर ३ का विनोद खतिवडा, बुढीगंगा १ का लक्ष्मी परियार र ऋणितर्फ रंगेली २ का बिष्णुकुमार थारु र धनपालथान ३ का देवन्तीकुमारी राजवंशीलाई पुरस्कृत गरिएको थियो ।

यस्तै शेयर सदस्यका २ मेधावी छोराछोरीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य जीवन काफ्ले र आयोजक सहकारीका अध्यक्ष भट्टराईले उनीहरुलाई नगद, दोसल्ला र सम्मापनत्रसहित सम्मानित गरे ।

सो अवसरमा बोल्ने राष्ट्रसेवक सहकारीका प्रबन्धक कृष्ण भट्टराई र सूर्योदय बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष भवनाथ कोइराला लगायतका वक्ताहरूले सहकारीहरुमा बचत जम्मा हुने तर लगानी नहुने वातावरण सिर्जना भएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०