विराटनगरको सृष्टि सहकारीले बाँड्यो आफ्ना शेयर सदस्यहरूलाई पौने १३ प्रतिशत लाभांश

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ मङ्सिर, २०८२
१० महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–२ मा अवस्थित सृष्टि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई पौने १३ प्रतिशत लाभांश वितरण गरेको छ ।

मुनापथस्थित आफ्नै भवनमा शनिबार आयोजित २९औं साधारणसभाका बीच आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा २०८३÷८४ को प्रस्तावित बजेट तथा कार्ययोजना प्रस्तुत गर्दै सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईले उक्त विषयमा जानकारी दिएका हुन् ।

Advertisement

बितेको आर्थिक वर्षमा संस्थाले गरेको मुनाफाबाट शेयर सदस्यको योगदानको आधारमा उनीहरुको बचत खातामा १२.७५ प्रतिशतका दरले बोनस बापतको रकम जम्मा गरी वितरण गरिएको उनको भनाइ छ ।

संस्थाको २०८२ असार मसान्तसम्म शेयरपुँजी २ करोड ५० लाख ६ हजार १ सय, बचत ९ करोड ६० लाख ९१ हजार ३ सय ७६ र कर्जा लगानी १० करोड ८ लाख ४५ हजार बढी रहेको जनाईएको छ ।

सो संस्थाको स्थिर सम्पति भने विराटनगर २ मा आफ्नै २ तल्ले पक्की भवन सहितको ५० लाख ८६ हजार बढीको सम्पति रहेको लेखा समिति संयोजक निवास पोखरेलले जानकारी दिए ।

साधारण सभाकाबिच संस्थाले ६ जनालाई जनही ३१ सय नगद सहित सम्मानित गरेको छ ।

संस्थाले असल बचतकर्ताकोरुपमा विराटनगर ३ का विनोद खतिवडा, बुढीगंगा १ का लक्ष्मी परियार र ऋणितर्फ रंगेली २ का बिष्णुकुमार थारु र धनपालथान ३ का देवन्तीकुमारी राजवंशीलाई पुरस्कृत गरिएको थियो ।

यस्तै शेयर सदस्यका २ मेधावी छोराछोरीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य जीवन काफ्ले र आयोजक सहकारीका अध्यक्ष भट्टराईले उनीहरुलाई नगद, दोसल्ला र सम्मापनत्रसहित सम्मानित गरे ।

सो अवसरमा बोल्ने राष्ट्रसेवक सहकारीका प्रबन्धक कृष्ण भट्टराई र सूर्योदय बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष भवनाथ कोइराला लगायतका वक्ताहरूले सहकारीहरुमा बचत जम्मा हुने तर लगानी नहुने वातावरण सिर्जना भएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
१ दिनअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
२ दिनअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
६ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०