बुद्धोदयमा महिला शेयर सदस्यलाई लक्षित गरी विषादिमुक्त भान्सा अभियान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ असार, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ बुद्धचोकस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले आफ्ना महिला शेयर सदस्यहरूलाई लक्षित गरी विषादिमुक्त भान्सा अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

आफ्ना महिला शेयर सदस्यहरूलाई लक्षित गरी शुक्रबारदेखि सुरु भएको तीन दिने विषादिमुक्त भान्सा अभियान कार्यक्रम आइतबार (आज) समापन भएको हो ।

Advertisement

सहकारीको सभाहलमा भएको कार्यक्रममा बुद्धोदयका ६० जना महिला सदस्यहरूको सहभागिता रहेको आयोजक संस्थाका कोषाध्यक्ष यज्ञप्रसाद खतिवडाले जानकारी दिए ।

यसैगरी, अध्यक्ष राजेन्द्रप्रसाद खनालले कार्यक्रमको संयोजन आयोजक संस्था बुद्धोदय साकोसका महिला परिचालन उपसमितिका संयोजक सीता खड्काले गरेको बताए ।

विराटनगर–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता अभियान पछिल्लो समय निकै आवश्यक रहेको बताए ।

अध्यक्ष खनालले यसको प्रभाव र औचित्यका बारेमा प्रष्ट्याएका थिए ।

शेयर सदस्य र समाजको स्वास्थ्यमा समेत परिवर्तन ल्याउन विषादिमुक्त साग–तरकारी उत्पादनले टेवा दिन्छ भने अर्कोतर्फ फुर्सदको समय सदुपयोग गरी आर्थिक पक्षलाई पनि सुदृढ गराउने विषय पनि उठान भएको उनले धारणा व्यक्त गरे ।

सहकारीले नागरिक सचेतना र समाज परिवर्तनमा सहकारीकर्मीसँगै शेयर सदस्य संस्थाको नेतृत्व र आर्थिक पक्षमा सचेत हुने हो भने सहकारीका नाममा ठगी गर्ने परम्परासमेत अन्त्य हुने उनको भनाइ छ ।

यता, कार्यक्रममा सहभागी महिला शेयर सदस्य सावित्रा थापाले सबै महिला सदस्यहरू प्रतिबद्ध भई उत्पादनमा जोडिने विषयमा आफू विश्वस्त रहेको सुनाइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०