देवानगन्ज : जब दुई हजार रुपैयाँ खर्चिएर टिपेको काँक्रा दुई रुपैयाँमा पनि बिकेन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । तरकारीको पकेट क्षेत्र भनेर चिनिने सुनसरीको दक्षिणी भेग देवागन्ज गाउँपालिकाका किसान काँक्रा नबिकेर हैरान बनेका छन् । काँक्राको भाउ दुई रुपैयाँ पनि नलागेपछि देवानगन्जका किसान इन्तु न चिन्तु बनेका हुन् ।

देवानगन्ज–२ का किसान रामवृक्ष मेहताले आफ्नो १० कठ्ठा जमिनमा काँक्रा खेती गरेका छन् । काँक्रा रोपेर फलेयता क्रमशः बिक्रीमा गिरावट आएको बताउँदै उनले पछिल्लो समय दुई रुपैयाँ किलोमा पनि बिक्री नभएको दुःखेसो पोखे ।

‘श्रमिकलाई लगाएर हप्तामा सय मनजति टिप्दै आएको छु,’ उनी भन्छन्, ‘पछिल्लो १५–२० दिनदेखि बिक्री घटेको छ । अहिले सबैतिरका व्यापारीलाई फोन गरेर बिक्रीका लागि अनुरोध गरेको छु, तर बिक्री नै भइरहेको छैन ।’

शुक्रबार (आज) चार जना श्रमिकलाई ज्याला दुई हजार रुपैयाँ तिरेर काँक्रा टिपेको उनले बताए । तर, बिक्री नभएपछि अन्योलमा परेको उनको गुनासो छ ।

नजिकै रहेको देवानगन्ज बजारमा काँक्रा बिक्री नभएपछि मेहताले जोखिम मोलेर धरान पठाउन लागेका छन् । उनका अनुसार मागभन्दा उत्पादन बढी भएका कारण काँक्रा बिक्री हुन छोडेको हो । ‘हाम्रो बजारमा खपत ५ टन छ, उत्पादन १५ टन । यसैले पनि काँक्रा बिक्री हुन छोडेको जस्तो लाग्छ ।’

कृषि क्रान्तिको भूमि भनेर चिनिने देवानग्नजमा करिब ५० बिघामा काँक्रा उत्पादन हुने गरेको छ । अहिले धरानलगायत अन्य ठाउँमा काँक्राको दाम १२ रुपैयाँ प्रतिकिलो भए पनि देवानगन्जका किसानले बजार पाएका छैनन् ।

प्रकाशित समय: शुक्रबार २४ जेठ, २०८२, १६:३४:१९

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३० minutes

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
४ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०