रूस र युक्रेनबीच एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ जेठ, २०८२
१ वर्षअघि

रूस-युक्रेन युद्धको तीन वर्षपछि वार्तामा बसेका छन्।

टर्कीको इस्तानबुलमा शुक्रबार रूस र युक्रेनी अधिकारीहरूबीच प्रत्यक्ष वार्ता भएको हो।

Advertisement

यसअघि दुई देशका राष्ट्रपतिबीच नै वार्ता हुने चर्चा भए पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन इस्तानबुल नगएपछि दोस्रो तहका अधिकारीहरूबीच वार्ता भएको हो।

वार्तामा युक्रेनबाट रक्षामन्त्री रूस्तम उमरोभको नेतृत्वको प्रतिनिधिमण्डल र रूसबाट राष्ट्रपति पुटिनका मुख्य सहयोगी एवम् देशका सुप्रिम काउन्सिल ब्युरोका सदस्य भ्लादिमिर मेडिन्स्की नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थिए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष संवाद हुने भनेर जेलेन्स्की पनि टर्की पुगेका थिए। पछि पुटिन नआउने भएपछि जेलेन्स्की वार्तामा गएनन्।

दोस्रो तहका नेताहरूको वार्ताबाट ठूलो प्रगति नभए पनि युद्धको तीन वर्षपछि  दुई देशबीच प्रत्यक्ष वार्ता हुनु नै ठूलो कुरा हो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

वार्तामा युद्धविराम, युद्धबन्दीको रिहाई र दुई राष्ट्रपतिबीचको वार्ताबारे छलफल भएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।

वार्ताका क्रममा रूसले किभको नियन्त्रणमा रहेका भूमि त्याग्नुपर्ने माग राखेको सिएनएनले जनाएको छ। दोनेत्स्क, लुहान्स्क, जापोरोजिया, र खेरसनबाट  युक्रेन फिर्ता हुनुपर्ने माग रूसले राखेको थियो।

यी क्षेत्रहरू रूसले आफ्नो भूभाग दाबी गरे पनि उसको पूर्ण नियन्त्रण छैन।

वार्तापछि युक्रेनका विदेश मन्त्रालयका प्रवक्ता हेओरी तिख्यीले रूसले स्वीकारै गर्न नसकिने प्रस्तावहरू राखेको भनेका छन्।

‘उहाँहरूले त्यस्ता प्रस्ताव राख्नुभएको छ जुन हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘हामीले अत्यन्त सौहार्दपूर्ण रूपमा आफ्ना अडानहरू राख्यौं।’

उनले युक्रेनी प्रतिनिधिमण्डल युद्धविराम सम्झौताका लागि तयार भएको तर रूसले तल्लो तहका प्रतिनिधिमण्डल पठाएका कारण त्यो सम्भव नरहेको बताए।

उनले टर्कीले भूमिका खेलेकोमा धन्यवाद दिए।

युक्रेनका रक्षामन्त्री उमरोभले एक हजार युद्धबन्दी आदानप्रदान गर्ने सहमति भएको बताएका छन्। उनले अबको उद्धेश्य दुई देशका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता रहेको पनि बताएका छन्।

वार्तापछि रूसी प्रतिनिधिमण्डलका नेतृत्वकर्ता भ्लादिमिर मेडिन्स्कीले विज्ञप्ती नै जारी गरेर वार्ताको प्रगतिबारे जानकारी दिएका छन्।

विज्ञप्तीमा उनले वार्तामा भएको छलफलपछि तीन निष्कर्ष निकालिएको बताएका छन्।

पहिलो, दुवै देशले एक/एक हजार युद्धबन्दी छाड्ने।

दोस्रो, युक्रेनी पक्षले दुई राष्ट्रप्रमुखहरूबीचको प्रत्यक्ष वार्ताको प्रस्ताव गरेकाले त्यसलाई सल्लाहका रुपमा लिने।

र तेस्रो, सम्भावित युद्धविरामबारे लिखित रुपमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने  र वार्ता जारी राख्ने।

टर्किका अधिकारीहरुले रूस-युक्रेनबीचको वार्ता अपेक्षा गरिएभन्दा सकारात्मक रहेको बताएका छन्।

शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युएई भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए। वार्तमा उनले युक्रेन जतिसक्दो चाँडो युद्धविराम गर्ने पक्षमा रहेको जानकारी गराएका थिए।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, जर्मन चान्स्लर फ्रेडरिक मर्ज र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगै बसेर जेलेन्स्कीले ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
३ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०