भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १ जेठ, २०८२
१ वर्षअघि

 भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए) को कारबाहीमा खालिस्तानी विद्रोही कश्मीर सिंह पक्राउ परेका छन् ।

उनले नेपालदेखि नेटवर्क चलाइरहेको दाबी गर्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । मोतीहारीको पूर्वी चम्पारणबाट पक्राउ परेका बलवीर सिंह भनिने कश्मीर सिंह गलबड्डीलाई एनआईएले ट्रान्जिट रिमाण्डमा दिल्ली लगेको छ।

Advertisement

भारतीय सञ्चारमाध्यमले नेपाल नेटवर्क, जेल ब्रेक र करोडौँको लगानीका विषयमा अनुसन्धान गर्दै आएको समाचारमा उल्लेख छ ।

उनलाई भारतीय प्रहरीले नेपालबाटै पक्राउ गरेको दाबीसहितका समाचार पनि आइरहेका छन् । नेपालबाट गत चैत १५ गते भागेका दुर्गा प्रसाईंकै शैलीमा उनलाई पनि समातिएको दाबी गरिएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

समाचारअनुसार एनआईए र मोतीहारी प्रहरीको संयुक्त कारबाहीमा गलबड्डी मोतीहारीको मोतीझिल क्षेत्रबाट पक्राउ परेका थिए । उनीमाथि दशलाख रुपैयाँको पुरस्कार राखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रारम्भिक अनुसन्धानमा गलबड्डीले नाभा जेल तोडेको र अन्य आतंककारी गतिविधिमा संलग्नता रहेको स्वीकार गरेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी बब्बर खालसा इन्टरनेश्नलसहित अन्य खलिस्तानी आतंकवादी संगठनको नेपाल नेटवर्कका मुख्य व्यक्ति हुन् । उनका ६ वटा बैंक एकाउण्टमा करोडौँ रुपैयाँको लेनदेन भएको बताइएको छ ।

गलबड्डी नेपालमा दलजीत सिंहको नामबाट फर्जी कागजात बनाएर भारत नेपालका सीमामा गतिविधि गर्ने र विशेष गरी उनले वीरगंजमा घरसमेत बनाएको मिडिया रिपोर्टले उल्लेख गरेको छ ।

यस्तै उनले एक नेपाली महिलासँग विवाह गरेर सामान्य जीवनयापन गरिरहेको र घुम्दै कपडा बेच्ने काम गरिरहेको बताइएको छ ।

यही क्रममा उनले खलिस्तानी आतंकवादी संगठनको नेटवर्क चलाउँदै आएको समेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनी बब्बर खालसा इन्टरनेश्नल, खालिस्तान लिबरेशन फोर्सजस्ता आतंकवादी संगठनमा रहेको बताइएको छ ।

पक्राउ परेका गलबड्डी अन्तर्राष्ट्रिय सिख युथ फेडरेशनसँग जोडिएको पनि बताइएको छ । उनले नाभा जेल तोड्दाताका खालिस्तान लिबरेशन फोर्स (केएलएफ) प्रमुख हरमिंदर सिंह रिंदू ग्याङस्टार विक्की गौंडर, गुरप्रित सिंह सेखों, नीता देओल र अमनदीप धोतियांजस्ता आतंकवादी र ग्याङस्टारका साथ फरार भएका थिए ।

अहिले एनआईएले गलबड्डीसँग यी सबैसँगको सम्बन्ध र नेपालमा रहँदा गरिएका योजनाबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
७ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
११ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०