भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । राजदूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो ।
राजदूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न पनि आग्रह गरेको छ ।
‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ ।’ दूतावासको सूचनामा भनिएको छ ।
राजदूतावासले कुनै आपतकालीन अवस्था आएमा आवश्यक समन्वय र सहजीकरणका लागि नयाँ दिल्लीस्थित राजदूतावास वा को टेलिफोन वा कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका टेलिफोन वा हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।