चीनसँग वार्ताअघि उच्च भन्सार महसुल नघटाउने ट्रम्पको दृढता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ ब‌ैशाख, २०८२
१ वर्षअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन्।

अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा शनिबार व्यापार वार्ता गर्दैछन्।

Advertisement

सो वार्ताको वातावरण राम्रो बनाउन उनले दोस्रो कार्यकालमा चीनमाथि लगाएको उच्च भन्सार महसुल घटाउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले त्यस्तो नगर्ने बताएका हुन्।

त्यस्तै चीनसँग वार्ता गर्न अमेरिकाले पहल नगरेको दाबी पनि उनले गरेका छन्। अमेरिकाले वार्ताको लागि पहल गरेको दाबी गर्नेलाई उनले ‘फिर्ता गएर आफ्ना फाइलहरूको अध्ययन गर्नू’ भनेर सुझाव दिएका छन्।

केही दिनअघि उनले चीनमाथि लगाएको उच्च भन्सार महसुल घटाउने भनेका थिए।

चीनमाथिको आफूले लगाएको भन्सार महसुल विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार नै नहुने गरी उच्च भएको स्वीकार गर्दै ट्रम्पले यसलाई केही समयपछि घटाउने बताएका थिए। तर उनको पछिल्लो अभिव्यक्तिले भने उनले सुरूमै भन्सार महसुल नघटाएर दुई देशबीच सहमति भएपछि मात्रै घटाउने सोचेका छन् भन्ने बुझिन्छ।

‘कुनै समयमा म त्यसलाई कम गर्नेछु। किनभने उनीहरूसँग कहिल्यै व्यापार नै गर्न सकिन्न। र तिनीहरू धेरै व्यापार गर्न चाहन्छन्,’ एनबिसीले आइतबार प्रसारण गरेको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए।

सो अन्तर्वार्तामा ट्रम्पले चीनमा हालै देखिएका आर्थिक समस्याबारे पनि चर्चा गरे। अमेरिकाले लगाएको उच्च भन्सार दरका कारण चीनमा रहेका कारखानामा काम घटिरहेको औंल्याए।

चीनले पछिल्लो समय दिएका केही अभिव्यक्तिलाई ट्रम्पले सकारात्मक भनेर प्रशंसा पनि गरे र दुई देशबीच हुने कुनै पनि सम्झौता निष्पक्ष हुनुपर्ने दोहोर्‍याए।

चीनको वाणिज्य मन्त्रालयले गत शुक्रबार एक विज्ञप्ति निकालेर अमेरिकासँग व्यापार वार्ताको सम्भावनाको मूल्यांकन गरिरहेको बताएको थियो।

वरिष्ठ अमेरिकी अधिकारीहरूले बारम्बार चीनसँग भन्सार महसुलबारे कुरा गर्न तयार रहेको भनेकोप्रति आफ्नो ध्यान गएको बताएको थियो। तर अमेरिकाले चीनप्रति इमानदारी देखाए मात्र वार्ता गर्ने भनेको थियो।

‘अमेरिकाले चीनसँग वार्ता सुरू गर्ने आशमा हालै सम्बन्धित पक्षहरूमार्फत् चीनलाई सन्देश पठाएको छ। चीनले अहिले त्यसको मूल्यांकन गरिरहेको छ,’ वाणिज्य मन्त्रालयले भनेको थियो।

ट्रम्पले चीनसँग सुरू गरेको व्यापार युद्धले अमेरिकी मात्रै नभएर विश्व अर्थतन्त्रमै नकारात्मक असर परेपछि यो लामो समय चल्न नसक्ने आकलन भइरहेको छ।

सारा संसारलाई आर्थिक मन्दीमा धकेल्ने गरी विश्वका सबभन्दा ठूला दुई अर्थतन्त्र यो आत्मघाती व्यापार युद्धमा अल्झिन हुँदैन। यो कुरा दुवै पक्षलाई थाहा पनि छ। तर ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैले पहिले नझुक्ने मनस्थिति बनाएकाले स्थिति बिग्रिएको हो।

ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च ‘रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरेका थिए। मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका थिए।

ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका छन्। ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोकेका हुन्। त्यतिन्जेलका लागि उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका छन्।

उनले चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाएका छन्। पटक पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।

ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानमा रेसिप्रोकल भन्सार दर नलगाउने भनेका छन्। तर यो छुट पनि अल्पकालीन मानिन्छ।

चीनले पनि भन्सार महसुल मात्रै नबढाएर अमेरिकालाई नोक्सानी हुने खालका अनेक कदम चालेको छ। विमान निर्माता बोइङको जहाज खरिदमा रोक लगाउनेदेखि लिएर केही दुर्लभ खनिज पादर्थ बेच्नेसम्म प्रतिबन्ध लगाएको छ।

यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरू भएको छ।

ट्रम्पका सामु झुकेर सम्झौता गर्‍यो भने उनले हेपेर पछि झन् कडा माग अघि सार्छन् भन्ठानेर चीनले यसपालि डटेर सामना गरिरहेको छ। आफूलाई अब्बल सौदागर र अमेरिकी इतिहासकै सबभन्दा महान राष्ट्रपतिमध्ये एक ठान्ने ट्रम्पलाई पनि चीनसामु झुक्न अप्ठ्यारो छ।

तर राष्ट्रपति सी कसै गरी नझुक्ने देखेपछि ट्रम्प आफैले खुट्टा कमाउन थालेको देखिएको छ।

दुई साता अघि पनि उनले चीनलाई लगाएको १४५ प्रतिशत भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए।

अमेरिकाका तीन सबभन्दा ठूला खुद्रा बिक्रेता (रिटेलर) वालमार्ट, टार्गेट र होम डिपोका प्रमुखहरूले दुई साता पहिले उनलाई भेटेका थिए। सो भेटमा उनीहरूले अहिले नै मूल्यवृद्धि नभएको तर व्यापार युद्ध चलिरहे भाउ बढ्ने मात्रै नभएर आपूर्ति प्रणाली नै बिग्रिने र आफ्ना पसल रित्तिएर उपभोग्य वस्तु नै नपाइने खतरा हुने बताएका थिए।

त्यसपछि ट्रम्पले चीनलाई लगाएको भन्सार दरमा व्यापक कटौती गर्न आफू तयार रहेको बताएका थिए।

त्यसभन्दा पहिले उनका अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले पनि लगानीकर्तासँग बन्द कोठामा भएको सम्मेलनमा चीनसँगको व्यापार युद्ध मत्थर हुने बताएका थिए। व्यापार युद्ध लामो समयसम्म तन्काइराख्न दुवै देशलाई सम्भव नहुने भएकाले यो मत्थर हुने बेसेन्टले जिकिर गरेका थिए।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी

मङ्गलबार २७ असोज, २०८३
५१ minutes

उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर

मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि

पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि

सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता

मङ्गलबार २७ असोज, २०८३
४ घण्टाअघि
चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र तालिमप्राप्त कुकुरबाट निगरानी
मङ्गलबार २७ असोज, २०८३
उपत्यकामा ग्यासको आपूर्ति नियमित, अब आधिकारिक डिलरबाटै खरिद गर्न आग्रह
मङ्गलबार २७ असोज, २०८३
दसैँको रमझमभन्दा धान भित्र्याउने चिन्ता, बाँकेका किसानलाई वर्षाको डर
मङ्गलबार २७ असोज, २०८३
तनहुँको शीतलमार्गमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा ज्यान गयो
मङ्गलबार २७ असोज, २०८३
पूर्वाधारमा लगानी जुटाउन सरकारको नयाँ योजना, एक खर्बको कोष बनाइँदै
मङ्गलबार २७ असोज, २०८३
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०