आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १ ब‌ैशाख, २०८२
२ वर्षअघि

विराटनगर – पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिलाहरूको एउटा समूहले १४ अप्रिल अर्थात् आज वैशाख १ गते ११ मिनेटको अन्तरिक्ष यात्रा गर्ने भएका छन् ।

जेफ बेशोजको कम्पनी ब्लु ओरिजिन आयोजना गरेको यो यात्रामा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता क्यारियन फ्लिन सामेल छन् । उनीहरूसँगै छैठौं महिला लरेन सान्चेज पनि हुनेछिन् । जेफ बेजोसकी साथी सान्चेजले महिला टोलीको नेतृत्व गर्नेछिन् ।

Advertisement

ब्लु ओरिजिनले एक विज्ञप्तिमा भनेको छ, ‘यो केवल एउटा अन्तरिक्ष मिसन होइन । यो मानिसहरूको सोच बदल्ने र भावी पुस्तालाई प्रेरणा दिने उद्देश्यले गरिएको मिशन हो ।’

कम्पनीका अनुसार यी महिलाहरुले अन्तरिक्षमा रहेको कार्मन रेखा पार गर्नेछन् ।

कार्मन रेखा के हो ?

कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ । यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ ।

कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नेछन् । यी महिलाहरू अन्तरिक्षबाट पृथ्वीको अद्भुत दृश्यको मजा लिनेछन् र त्यसपछि पृथ्वी फर्कने यात्रामा लाग्नेछन् ।

‘अन्तरिक्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य’

यो यात्रा कुल ११ मिनेटको हुनेछ । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गर्नेछन् । त्यसक्रममा करिब ४८ किलोमिटरको दूरी पार गरिने छ । रकेटबाट प्रक्षेपित अन्तरिक्ष यान, कार्मन रेखा माथिबाट गुज्रनेछ र फेरि पृथ्वी फर्कनेछ ।

ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।

‘न्यु शेपर्ड–३१’ रकेटमार्फत् पठाइने छ अन्तरिक्षमा

महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाउने छ । न्यु शेपर्ड रकेटलाई १४ अप्रिलमा अमेरिका, पश्चिम टेक्सासस्थित कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइनेछ ।

यो यात्रा करिब ११ मिनेट लामो हुनेछ । यसमा रहेको अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित छ । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक पर्दैन ।

महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गर्न लागेको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

यस्तो छ अन्तरिक्ष यात्रा गर्ने महिलाहरूको पृष्ठभूमि

लरेन सान्चेज

लरेन सान्चेज एक लाइसेन्स प्राप्त हेलिकप्टर पाइलट हुन् । उनले सन् २०१६ मा ब्ल्याक अप्स एभिएसनको स्थापना गरेकी थिइन् । उनी बेजोस अर्थ फण्डकी उपाध्यक्ष पनि हुन् । उनी तीन सन्तानकी आमा हुन् ।

आइशा बोवे

आइशा बोवे बहामासकी मूल निवासी हुन् । उनी नासाकी पूर्व रकेट वैज्ञानिक तथा उद्यमी पनि हुन् । उनी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा सक्रिय छन् ।
उनी ‘आइशा स्टेम बोर्ड’ नामक इन्जिनियरिङ कम्पनीकी सीईओ पनि हुन्, जसलाई दुईपटक अमेरिका भित्रको सबैभन्दा छिटो वृद्धि हुने निजी कम्पनीहरूको सूचीमा राखिएको छ ।

उनले ‘लिङ्गो’ नामक कम्पनी पनि स्थापना गरेकी छिन्, जसको उद्देश्य दश लाख विद्यार्थीलाई आवश्यक प्राविधिक सीप सिकाउने हो ।

अमान्डा इन्गुएन

अमान्डा एक बायोस्पेस अनुसन्धान वैज्ञानिक हुन् । हार्वर्डबाट स्नातक उनले हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्स, एमआईटी र नासामा अनुसन्धान गरेकी छन् ।

अमान्डाले सन् १९८१ देखि २०११ सम्म नासाको एक अन्तरिक्ष मिसनमा काम गरेकी थिइन् । यौन हिंसाका पीडितका लागि उनले महत्वपूर्ण काम गरेकी छिन्, जसका लागि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो । उनलाई सन् २०२२ मा टाइम म्यागजिनको ‘वुमन अफ द इयर’ अवार्ड पनि दिइएको थियो ।

केटी पेरी

केटी पेरी विश्व चर्चित पप गायिका हुन् । उनका एल्बमहरू सबैभन्दा धेरै बिक्री हुनेहरुको सूचीमा पर्दछन् । उनका गीतहरूलाई ११५ अर्बभन्दा बढी पटक हेरिएको छ ।
उनी मानवतावादी अभियानहरुमा पनि सक्रिय छन् । युनिसेफकी सद्भावना राजदूतको रूपमा उनले सबै बालबालिकाका स्वास्थ्य, शिक्षा, समानता र सुरक्षाको अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएकी छिन् ।

गेल किङ

गेल किङ पत्रकार हुन् । उनी सीबीएस मर्निङ्सको को–होस्ट र ओप्रा डेलीकी सम्पादक हुन् ।

पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका कारण, उनी अन्तरवार्तामा गहिरो संवाद गर्ने सीपमा माहिर मानिन्छन् ।

क्यारियन फ्लिन

फेशन र मानव संशाधनमा स्नातक गरेकी क्यारियन फ्लिनले पछिल्ला १० वर्षदेखि एलन–स्टिभेन्सन स्कूल, द हाई लाइन र हडसन रिभर पार्कजस्ता गैरनाफामूलक संस्थामा स्वयंसेवकको रूपमा काम गरेकी छन् ।

स्टोरी टेलिङको शक्तिप्रति उत्साहित क्यारियनले अर्थपूर्ण फिल्महरू बनाएकी छन् । तीमध्ये ‘दिस चेन्जेज एभ्रिथिङ’ (२०१८) ले हलिउडमा महिलाहरूको इतिहास खोजेको छ भने ‘लिली’ (२०२४) ले वकिल लिली लेडबेटरको कथा प्रस्तुत गर्छ

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
४ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१८ minutes

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
२१ घण्टाअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०