काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू काठमाडौंको तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन् ।
शुक्रबार जारी आन्दोलनका क्रममा केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक राउन्ड हवाइ फायर भएको छ ।
काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।