अमेरिकाले ५ लाख ३० हजार आप्रवासीको अस्थायी कानुनी मान्यता खारेज गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ८ चैत, २०८१
२ वर्षअघि

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीहरूलाई आगामी २४ अप्रिलमा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको सीबीएस न्युजले जनाएको छ ।

ती देशका ५ लाख ३० हजार अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा ‘सीएचएनभी’ आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गर्न दिइएको थियो । तर तीमध्ये कति आप्रवासीले यस अवधिमा अमेरिकामा स्थायी रूपमा बस्न पाउने अनुमति पाउन सफल भएका छन् भन्ने स्पष्ट छैन ।

Advertisement

‘सीएचएनभी’ अर्थात क्युबा, हाइटी, निकारागुआ र भेनेजुएला भनिने उक्त कार्यक्रम सन् २०२२ मा डेमोक्रेटिक राष्ट्रपति बाइडेनको नेतृत्वमा सुरू गरिएक थियो । सुरूमा भेनेजुएलाका मानिसहरूका लागि ल्याइएको कार्यक्रम पछि अन्य देशहरूमा विस्तार गरिएको थियो । यसअन्तर्गत अमेरिकी प्रायोजकहरू भएका ती चार देशका आप्रवासी र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई अमेरिकामा उडान गर्न र प्यारोल भनेर चिनिने अस्थायी आप्रवासन स्थिति अन्तर्गत दुई वर्षसम्म रहन अनुमति दिइएको थियो ।

बाइडेन प्रशासनले ‘सीएचएनभी’ले दक्षिणी अमेरिकी सीमामा अवैध क्रसिङलाई रोक्न मद्दत गर्नेछ तर्क गरेको थियो । त्यस्तै यसले अमेरिका प्रवेश गर्नेहरूको राम्रो जाँच गर्न अनुमति दिने बाइडेन प्रशासनको दाबी थियो । आन्तरिक सुरक्षा मन्त्रालयले सीएचएनभी कार्यक्रम आफ्नो लक्ष्यमा असफल भएको जनाउँदै पूर्व प्रशासनको आलोचना गरेको छ ।

बाइडेन प्रशासनका अधिकारीहरूले ‘आप्रवासीलाई अमेरिकी जागिरका लागि प्रतिस्पर्धा गर्ने अवसरहरू प्रदान गरेका थिए र अमेरिकी कामदार कटौती गरेको’ मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै ठगी पहिचान हुँदा पनि निजामती कर्मचारीहरूलाई कार्यक्रमको प्रचार गर्न बाध्य पारेका र त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि कांग्रेसमा रिपब्लिकनहरूलाई दोष लगाएका विज्ञप्तीमा उल्लेख छ ।

यद्यपि, संघीय दर्तामा भएको ३५ पृष्ठको सूचनामा सीएचएनभीअन्तर्गत अमेरिकामा रहेका केहीलाई व्यक्तिगत अवस्थाका आधारमा अनुमति दिइने उल्लेख छ । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले रुससँगको द्वन्द्वको समयमा अमेरिका भागेका करिब २ लाख ४० हजार युक्रेनीहरूको अस्थायी कानुनी स्थिति रद्द गर्ने कि नगर्ने भन्ने बारे पनि विचार गरिरहेका छन् ।

सीएचएनभीले क्यारिबियन देशको बिग्रँदो अवस्थाबीच हाइटीका २ लाख १३ हजार जनालाई अमेरिका प्रवेश गर्न मद्दत गरेको जनाइएको छ । ट्रम्पले बन्द गर्नु अघि सीएचएनभी कार्यक्रमअन्तर्गत भेनेजुएलाका १ लाख २० हजार ७ सय, क्युबाका १ लाख १० हजार ९ सय र निकारागुआका ९३ हजार भन्दा बढीलाई अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो ।

गत महिना आन्तरिक सुरक्षा मन्त्रालयले अगस्टदेखि अमेरिकामा बसोबास गर्ने हाइटीका ५ लाख जनाका लागि अर्को अस्थायी संरक्षित स्थिति (टीपीएस) समाप्त गर्ने घोषणा गरेको छ । सशस्त्र द्वन्द्व वा वातावरणीय प्रकोप जस्ता असुरक्षित अवस्थाहरूको सामना गरिरहेका तोकिएका देशका नागरिकहरूलाई टीपीएस प्रदान गरिएको थियो ।

आन्तरिक सुरक्षा मन्त्रालयले अमेरिकामा भेनेजुएलाका लागि टीपीएस पनि रोकेको छ । यद्यपि यसले कानुनी चुनौतीको सामना गरिरहेको छ ।जनवरी २० मा पदभार ग्रहण गरेयता ट्रम्पका आप्रवासन नीतिहरूले धेरै कानुनी अवरोध सामना गर्नुपरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०