विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एक जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
१ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार बेलुका खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

बिहीबार बेलुका दुर्गा चोकमा खुकुरी प्रहार हुँदा रमेश गुप्ता घाइते भएका हुन् ।

घाँटीमा खुकुरीले लागेर उनी गम्भीर घाइते भएका छन् ।

घाइते उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको छ ।

उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि कोशीले थप उपचारका लागि विराट रिफर गरिएको बुझिएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्ति सक्षम सापकोटा रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार खुकुरी प्रहार गर्ने सक्षमको मानसिक अवस्था ठिक नरहेको पाइएको छ ।

आफ्नो घरमा काम गर्ने गुप्तामाथि धारिलो हतियार प्रहार गरेको विषय आएको बताउँदै डिएसपी जोशीले यस विषयमा थप जानकारी आउन बाँकी रहेको सुनाए ।

बन्दुक प्रहार गर्ने सक्षम हाल फरार रहेका छ्न् । तर, घटनास्थलमा बन्दुक पनि भेटिएको छ ।

प्रकाशित समय: बिहिबार ६ चैत, २०८१, २१:१०:२४

सम्बन्धित खबर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०