कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ चैत, २०८१
१ वर्षअघि

विराटनगर । किसानलाई बिनाधितो दुई लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जयपति कृषि फर्म र डिभी एक्सलेसले एनआईएमबीएस बैंकमार्फत कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा भएको आध्यन्त एक्सिलेरेटर कोशीको लगानी सम्मेलनमा उक्त हस्ताक्षर गरीएको हो ।

सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटन क्षेत्रका ७ उद्यमीहरूले लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताउँदै प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।

आध्यन्तका सह–संस्थापक तथा निर्देशक मनोज पौडेलले आफ्नो कम्पनीले कोशी प्रदेशका विभिन्न व्यवसायमा हालसम्म लगभग ८२ करोड रुपैयाँको लगानी गरिसकेको र यस क्षेत्रमा अझै ठूलो अवसर देखिरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरले व्यवसाय विकास सेवा खोज्ने उद्यमहरूलाई प्रत्यक्ष सहयोग प्रदान गर्ने बताए ।

प्रकाशित समय: बुधबार ५ चैत, २०८१, १८:३०:२४

सम्बन्धित खबर

भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०