पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ चैत, २०८१
२ वर्षअघि

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा तथा राजतन्त्र पुनर्स्थापनाका लागि भएको र्‍यालीका कारण स्थगित नेकपा माओवादी केन्द्रको अभियान फेरि सुरु हुने भएको छ ।

माओवादी केन्द्रले गत फागुन १२ गतेदेखि तराई–मधेस जागरण अभियान थालेको थियो । झापाको कचनकवलबाट सुरु भएको अभियान राजावादीहरू सक्रिय भएपछि रौतहटमा पुगेर स्थगित गरिएको थियो ।

Advertisement

अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो ।

राजावादीसँग प्रतिआक्रमणमा उत्रन सक्ने खतरालाई मध्येनजर गरेर ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ स्थगन भएको थियो ।

तर, चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।

अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू आजै बाराको सिमरा जाँदै छन् ।

माओवादी केन्द्रका शिर्ष नेताहरु मधेसको कार्यक्रम सकेर चैत्र ९ गते चितवनको अभियानमा सहभागी हुने छन् ।

हुलाकी मार्ग हुँदै सञ्चालन भइरहेको यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने माओवादीको तयारी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०