ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
२ वर्षअघि

काठमाडौं । अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार उनलाई सार्वजनिक गरेको हो ।

Advertisement

प्रहरीको टोलीले चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं. २ झोरमा ना. ७ ख १६५२ को मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीको अनुसन्धानमा ट्रकको ‘वोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइ छिपाइ सो रकम ल्याइएको खुलेको छ ।

अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रूपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो ।

अमेरिकी डलर एक सय दरका नोट जम्मा थान तीन हजार एक सय १९, अमेरिकी डलर ५० दरका नोट जम्मा थान एक सय ७९, युरो पाँच सय दरका थान ११, युरो दुई सय दरका थान चार सय ८०, युरो सय दरका थान चार हजार एक ४८, युरो ५० दरका थान १७ हजार एक सय ७७ जसको नेपाली रुपियाँ २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामा स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा बस्दै आएको खुलेको छ ।

लामालाई विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०