विराटनगर । मोरङको धनपालथालन गाउँपालिकामा भीषण आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा दुई बालबालिका परेकाे स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको थियो ।
आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएका थिए ।
आगलागीमा परेर मृत्यु हुनेमा अनित मियाकी ४ वर्षीया छोरी रेश्मा खातुन रहेकी छन् ।
आगलागीका कारण नौ घर जलेका छन् भने स्थानीय, दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।
यसअघि दुई बालबालिकाको मृत्यु हुन गएकोमा क्षमाप्रार्थी छौं । स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको विषय यहाँ इंगित गर्दा भएको त्रुटी सच्याइएको छ । -सम्पादक