नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
२ वर्षअघि

विराटनगर । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्रालयमा आईजीको दज्र्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै उनले प्रहरीमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।

Advertisement

प्रहरी कस्तो छ भनेर आफूहरूले लुकाउनु पर्ने केही नभएको बताउँदै उनले नराम्रा पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ विश्वास नगर्ने बताए ।

प्रहरीमा सुधार गर्नसाइत कुरेर बस्ने समय पनि नरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई सोमबार नियुक्त गरेको थियो ।

हिजो नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई आइजीमा नियुक्त गरेको हो ।

आइजिपी वसन्तबहादुर कुँवर अवकासमा जाने भएपछि मन्त्रिपरिषद्ले नेपाल प्रहरीको ३१ औं आइजिपीका रूपमा थापालाई नियुक्त गरेको हो ।

अब थापाले ५ महिना १३ दिन नेपाल प्रहरीको नेतृत्व गर्ने छन् । प्रहरीको ३० वर्षे सेवाहदका कारण उनले आगामी १८ भदौमा अवकाश पाउनेछन् ।

भक्तपुरको सिपाडोलका स्थानीय थापा स्थायी शिक्षकको जागिर छाडेर प्रहरीमा भर्ना भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०