विराटनगर । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
गृहमन्त्रालयमा आईजीको दज्र्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै उनले प्रहरीमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।
प्रहरी कस्तो छ भनेर आफूहरूले लुकाउनु पर्ने केही नभएको बताउँदै उनले नराम्रा पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ विश्वास नगर्ने बताए ।
प्रहरीमा सुधार गर्नसाइत कुरेर बस्ने समय पनि नरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई सोमबार नियुक्त गरेको थियो ।
हिजो नै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई आइजीमा नियुक्त गरेको हो ।
आइजिपी वसन्तबहादुर कुँवर अवकासमा जाने भएपछि मन्त्रिपरिषद्ले नेपाल प्रहरीको ३१ औं आइजिपीका रूपमा थापालाई नियुक्त गरेको हो ।
अब थापाले ५ महिना १३ दिन नेपाल प्रहरीको नेतृत्व गर्ने छन् । प्रहरीको ३० वर्षे सेवाहदका कारण उनले आगामी १८ भदौमा अवकाश पाउनेछन् ।
भक्तपुरको सिपाडोलका स्थानीय थापा स्थायी शिक्षकको जागिर छाडेर प्रहरीमा भर्ना भएका थिए ।