भोजपुरमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु, लापरबाही गरेको भन्दै चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० फाल्गुण, २०८१
४ महिनाअघि

विराटनगर । भोजपुर जिल्लाको आमचोक गाउँपालिका-६ थापाचोकस्थित घोडेटार बालंखा कच्ची सडकखण्डमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पुर्णे बजारबाट बासिखोरा तर्फ जाँदै गरेको प्रदेश नं.१-०२-००३ त.१३४३ नम्बरको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार साँझ ४ः४५ बजेतिर भएको उक्त दुर्घटनामा आमचोक गाउँपालिका-७ निवासी अन्दाजी २१/२२ वर्षीय निसान राईको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीबाट अचानक लड्दा ट्याक्टरको पछाडिको चक्काले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-७ निवासी २५ वर्षीय ओङ्दि शेर्पा इलाका प्रहरी कार्यालय बोयाङको नियन्त्रणमा रहेका छन् ।

घटनास्थल ट्राफिक प्रहरी पोष्ट घोडेटार भोजपुरबाट ७ किलोमिटर पश्चिममा पर्छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण चालकको लापरवाही रहेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार ३० फाल्गुण, २०८१, ०७:२८:४२
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०