किड्स भिलेजमा वार्षिक खेलकुदका विजेता विद्यार्थी पुरस्कृत

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन/मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिटका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

गत माघ अन्तिममा भएको स्पोर्ट्स मिटका विजेता विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।

माघ २६ गतेदेखि ३० गतेसम्म स्कुलले विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाएको थियो ।

विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका सबै विद्यार्थीको अनिवार्य सहभागिता थियो ।

यस वर्षको खेलकुदमा गणित खेल, ड्रयाग द बल, आकृति मिलाउने, खरायो दौड, कार रेसिङ, क्रिकेट, फुटबल, बाधा दौड, भ्यागुतो दौड, बोरा दौड, तीन खुट्टे दौड, धागो र सियो, टावर निर्माण र रिले जस्ता विविध खेलहरू समावेश गरिएका थिए ।

जसका विजेता विद्यार्थीहरूलाई आज पुरस्कार वितरण गरिएको किड्स भिलेजका प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।

उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान, स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल विजय दाहाल, प्रबन्ध निर्देशक पंकज जैन, नवजीत प्रधान, आलमगिर रैन, अभिनाश देव, पत्रकार विजय खतिवडा तथा शिक्षक-शिक्षिकाहरूले पुरस्कृत गरे ।

आज कक्षा १ देखि सातसम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ भने प्ले ग्रुपका विद्यार्थीहरूलाई अर्को दिन पुरस्कार वितरण गरिने बताइएको छ ।

प्रकाशित समय: बुधबार २१ फाल्गुण, २०८१, १४:१६:१४

सम्बन्धित खबर

स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
पर्वतमा जिप दुर्घटना : वडासदस्य केशवराज पौडेलको मृत्यु, दुई घाइते
मङ्गलबार १९ जेठ, २०८३
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०