एउटै परिवारका चार जना एकैपटक बने सरकारी जागिरे

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ फाल्गुण, २०८१
१ वर्षअघि

कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ को एउटा परिवारका चार जनाले एकै पटक सरकारी जागिरमा नाम निकालेका छन् ।

पशुपति सज्यालका तीन छोरा र एक बुहारीले एकै पटक सरकारी सेवामा नाम निकालेपछि सज्याल परिवारमा उत्साह छाएको छ ।

सज्यालका जेठा र माइला छोराले कृषि सेवामा, कान्छो छोरा प्रशासन सेवा र बुहारीको शिक्षक सेवा प्राथमिक तहमा खोटाङ जिल्लामा नाम निस्केपछि सज्याल परिवारमा उत्साह छाएको हो ।

एकै घरका चार जना सरकारी सेवामा प्रवेश त्यो पनि एक वर्षकै बिचमा जागिर हुँदा गाउँपालिकाभर चर्चाको विषय बनेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वमित्र सज्यालले सामान्य परिवारमा यो राम्रो सफलताले सबै तिर चर्चा हुन पुगेको बताए ।

“पशुपति सज्यालले गाईबस्तु पालेर आफ्नो दिन बिताउनुभयो तर छोरालाई सरकारी विद्यालयमै भए पनि पढाउन सक्दा आज यो सफलता हात परेको छ ।”

पशुपति सज्यालका जेठा छोरा सबराज सज्याल, माइला खगेन्द्र सज्याल, कान्छा अनिपाल सज्याल र बुहारी सविना बडुवाल सरकारी स्थायी जागिरे बनेका हुन् ।

पशुपति सज्याल छोराबुहारीको सफलताले गाउँमा अन्य युवालाई पनि ऊर्जा थपेको छ ।

जनचेतना बहुमुखी क्याम्पसका
सभापति पार्वती सज्यालले उनको सफलताले पछिल्लो पुस्तालाई ऊर्जा थपेको बताइन् ।

क्याम्पसमा खासै चासो नदिने विद्यार्थीका लागि बलियो उदाहरण भएकाले अब सबैतिर शिक्षाप्रति चासो बढ्ने सभापति सज्यालको भनाइ छ ।

प्रकाशित समय: सोमबार १९ फाल्गुण, २०८१, १०:५९:२५

सम्बन्धित खबर

स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
पर्वतमा जिप दुर्घटना : वडासदस्य केशवराज पौडेलको मृत्यु, दुई घाइते
मङ्गलबार १९ जेठ, २०८३
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०