बुबाको आँखामा खुर्सानीको धुलो छरेर चोरी प्रयास गर्ने छोरा प्रतिकारमा मारिए

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ फाल्गुण, २०८१
२ वर्षअघि

हेटौँडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ स्थित अदुवाबारीमा बाबुआमाले प्रतीकार गर्दा छोराको मृत्यु भएको छ ।

अदुवाबारीका ६३ वर्षीय मीनबहादुर भ्लोनको भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेको आरोप लागेका भरथकुमार भ्लोनको शुक्रबार मृत्यु भएको हो ।

Advertisement

खुर्सानी दल्ने अरू कोही नभई आफ्नै छोरो भएको दाबी प्रहरीको छ । तर, आमा र बाबुले भने आफूहरूले नचिनेको भनाइ छ ।

मीनबहादुर र श्रीमती ६४ वर्षीय देवीमाया भ्लोन खाना खाइरहेको अवस्थामा चोरी प्रयास गरेको आरोप लागेका छोरा भरथकुमार भ्लोनमाथि मिनबहादुर दम्पत्तिबाट भएको प्रतिकारमा गम्भीर घाइते भएका थिए ।

भरथकुमारको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा शुक्रबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार मिनबहादुर दम्पत्तिले आफ्नै घरमा खाना खाइरहेको अवस्थामा गएराति ३९ वर्षीय भरथकुमारले मिनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए ।

उता मिनबहादुर दम्पतीले यसअघि चोरी गर्न आउने भरथकुमारलाई आफूहरुले नचिनेको बताउँदै आएको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक अर्यालले भरथकुमारको पहिचान खुलेको र मिनबहादुरको छोरा भएको बताए ।

प्रहरी नायव उपरीक्षक अर्यालले निज भरथकुमारले खुर्सानीको धुलो छर्केर एक्कासि घरमा प्रवेश गरी गर्न लाग्दा मिनबहादुर भ्लोन र श्रीमती देवीमाया भ्लोनले भान्छामा रहेको सामानले प्रतिकार गर्दा भरथकुमारको टाउको, मुख, शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको बताए ।

यस्तै, घरधनी मिनबहादुरको हात, मुख र टाउकोमा तथा देवीमायाको हात र आँखा नजिक चोट लागेको छ ।

प्रहरीका अनुसार मिनबहादुर र देवीमायाको हेटौँडा अस्पतालमा उपचार पछि शुक्रबार थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

भरथकुमारलाई पनि हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । यसअघि चोरी गर्ने को भन्ने खुलेको थिएन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार

आईतबार ११ असोज, २०८३
१३ घण्टाअघि

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता

आईतबार ११ असोज, २०८३
१४ घण्टाअघि

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
१५ घण्टाअघि

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
१६ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
१६ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
१७ घण्टाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०