ग्रामथानको सरस्वती माविमा स्काउट दलको दुई दिने विन्टर क्याम्प सुरु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
२ वर्षअघि

विराटनगर । ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्काउट दलको दुई दिने विन्टर क्याम्प सुरु भएको छ ।

तालिमपछि दीक्षित भएका स्काउटका विद्यार्थीहरूको लागि नेपाल स्काउट सरस्वती माध्यमिक विद्यालय स्काउट दलको आयोजनामा दुई दिने विन्टर क्याम्प तथा दीक्षान्त समारोह आयोजना गरिएको हो ।

सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्काउटमा दीक्षित भएका विद्यार्थीलाई दीक्षित गरिएको छ भने दुई दिने विन्टर क्याम्पको सुरुवात भएको छ ।

कार्यक्रममा बोल्दै सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक लुइँटेलले विद्यार्थीलाई सामाजिक कार्यक्रममा भूमिका बढाउन र अनुशासनमा राख्नको लागि स्काउट प्रशिक्षणले भूमिका खेल्ने बताए ।

स्काउट प्रशिक्षण पूरा गरेपछि दुई दिन एक रातको विन्टर क्याम्पको नियमन अनुसार विद्यार्थीहरू विद्यालयमा नै बसेर प्रशिक्षण लिनु पर्ने हुन्छ ।

यो अवधिमा विद्यार्थीले स्कुलमा नै बसेर विपद्, जोखिम व्यवस्थापन, समूह कार्य लगायतका अभ्यास गर्नेछन् ।

स्काउट दलको प्रशिक्षक प्रल्हाद राजवंशीले पोसाक लगाएर हिँड्ने मात्रै नभई समाजका समस्यामा सँगसँगै रहने बताए ।

प्रदेश ज्याम्बोरेटमा पालिका स्तरीय कतिपय प्रतिस्पर्धा हुने भएकोले त्यसमा पनि पालिका स्तरीय स्काउट सँगसँगै प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए ।

ग्रामथान गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष यादव खतिवडाले नैतिक शिक्षाको रूपमा स्काउट शिक्षालाई नै अघि सार्नु पर्नेमा जोड दिए । ‘हिजोका दिनमा नैतिक शिक्षा पढाई हुन्थ्यो, उनले भने, अहिले विद्यार्थीमा नैतिक शिक्षा हराउँदै गएको छ, अब यस्ता स्काउटहरू मार्फत नै विद्यार्थी कसरी नैतिकवान् भन्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।’

ग्रामथान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा अधिकृत भिमप्रसाद न्यौपानेले औपचारिक पोसाक भन्दा पनि त्यसलाई सामाजिक भूमिका कसरी निर्वाह गर्ने भन्नेमा केन्द्रित हुनु पर्नेमा जोड दिए ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले गाउँपालिकाका सबै विद्यालयहरूमा स्काउट शिक्षा पुर्‍याउन सक्नु पर्नै बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सरदारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, स्काउटका विद्यार्थीहरु सहभागी थिए ।

प्रकाशित समय: सोमबार ७ माघ, २०८१, १८:००:०२

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०