‘छुवाछूत हटाउन सरकारले हरेक मन्दिरमा दलित पूजारी राख्नुपर्छ’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताएका छन् ।

सोमबार विराटनगरमा दलित महिला संघले आयोजना गरेको दुईदिने दलित महिला सशक्तीकरण र समावेशीकरणको सवाल विषयक प्रदेशस्तरीय कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

विष्टले सरकारले दलित र गैर दलितबीचको खाडललाई पुर्न हरेक मठ-मन्दिरमा दलित पूजारी राखियो भने केही हदमा विभेद अन्त्य हुने बताए ।

उनले भने, ‘छुवाछूत हटाउन सरकारले हरेक मन्दिरमा दलित पूजारी राख्नुपर्छ । कानुनीकै अभाव भएर दलित वर्गको उत्थान भएको छैन, भने सरोकारवालहरू यो कुरामा सचेत भएर अगाडि बढ्नुपर्छ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी समाजमा अहिले पनि दलित र गैर दलितबी विभेद कायम नै रहेको बताए ।

कार्यक्रमका दलित अगुवाहरूले छुवाछूत अन्त्य गर्ने विषय कानुनमा उल्लेख भए पनि अहिलेसम्म ब्यवहारमा लागू हुन नसकेको बताए ।

ब्यवहारमा सुधार नभएसम्म समाज र परिवारमा सुधार न आउने भएकोले सबैभन्दा पहिले विभेद र छुवाछूत ब्यवहारबाट हटाउनुपर्नेमा उनीहरूको जोड थियो ।

दलित महिला संघकी केन्द्रीय अध्यक्ष कला स्वर्णकारले राज्यले ब्यवस्था परिवर्तन गरे पनि दलितहरूको अवस्था भने परिवर्तन हुन नसकेको बताइन् । उनले दलित समुदायले पनि दलितको सरकार हो भन्ने अनुभूति गर्न पाउने काम गर्न आग्रहसमेत गरिन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०