१०० वर्ष बाँचेर बितेका जिमी कार्टर बने लामो समय जिउने राष्ट्रपति, गरेका थिए तीनपटक नेपाल भ्रमण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको आइतबार दिउँसो १०० वर्षको उमेरमा निधन भएको छ ।

देशको ३९औँ राष्ट्रपति बनेका उनी सबैभन्दा लामो समय जिउने राष्ट्रपतिहरूमध्ये हुन् ।

Advertisement

सन् १९७७ मा डेमोक्र्याटिक दलका तर्फबाट चुनाव जित्दै राष्ट्रपति बनेका उनी एक कार्यकाल मात्र ह्वाइटहाउसमा रहन सकेका थिए ।

सन् १९८० को चुनावमा भने रिपब्लिकन दलका रोनल्ड रेगनसँग उनी सहजै पराजित भए ।

उनका उपलब्धिमध्येमा ’क्याम्प डेभिड’ सम्झौतालाई एउटा मुख्य मानिन्छ, जसका कारण पहिलोपटक इजिप्टले इजरेललाई मान्यता दिएको थियो ।

तर, उनको राष्ट्रपतिकाल तेहरानमा अमेरिकी कूटनीतिज्ञहरूलाई १२ महिनासम्म बन्धक बनाएर भएको ’इरान होस्टेज क्राइसिस’का साथै त्यस बेला देशभित्रै संकटग्रस्त बनेको अर्थतन्त्रको छायामा पर्ने गर्छ ।

अमेरिकी राज्य जोर्जामा बदाम कृषक परिवारका उनी राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पदबाट हटेपछि पनि अन्तर्राष्ट्रिय रूपमा राजनेताको पहिचान बनाएका उनी मानवाधिकार र सामाजिक न्यायका अभियन्ता थिए ।

उनको संस्था कार्टर सेन्टरले नेपालमा पनि केही गतिविधि सञ्चालन गरेको थियो ।

सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया जारी रहँदा उनी काठमाडौं आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि सन् २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए ।

सन् २०१५ मा शारिरिक रूपमा अस्वस्थ भए पनि अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपाल आउने मनसाय ब्यक्त गरेका थिए ।

चिकित्सकहरूले उनको मस्तिष्क र कलेजोमा देखिएको क्यान्सर उपचार गरिरहँदा झण्डै ८ हजार माइलको यात्रा तय गरेर नेपाल आउने उनले योजना सुनाए ।

नेपालमा उक्त समयमा ह्याबिट्याट फर ह्युम्यानिटीले चितवनमा घरहरु बनाउने कार्यक्रम थियो ।

उनी त्यसलाई एक अवसर मानेर नेपाल भ्रमण गर्न चाहन्थे तर त्यो समयमा नेपालमा संविधान जारी भएको थियो र भारतको नाकाबन्दी थियो ।

यस्तोमा उनको चाहनाबीच नेपालको संकटलाई मध्यनजर गर्दै उनको भ्रमण रद्द गरियो ।

उनले पछिल्लो पटक आउन खोजेको यो यात्राले पनि उनी नेपालप्रति कति लगाव राख्थे भन्ने बुझिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
११ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
१२ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०