अनुशासित रोनाल्डो : रक्सी त के सफ्ट ड्रिंक्ससमेत पिउँदैनन्, धनी हुँदाहुँदै पनि घमण्ड गर्दैनन्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ पुस, २०८१
२ वर्षअघि

विराटनगर । फुटबलमा होस् वा क्रिकेटमा । नेपाली खेलाडीहरू अनुशासनहीन भएर पटक–पटक कारबाहीमा परेको खबर हामीले सुन्दै आएका छौं ।

म्याच फिक्सिङको आरोपमा फुटबल नै हाप्नुपरेका खेलाडीदेखि जबरजस्ती करणीको आक्षेप लागेका सन्दीप लामिछानेसम्म । अनि, क्लोज क्याम्पमा पर्खाल नाघेर नाइट क्लबमा उद्दण्ड गर्ने खेलाडीसमेत नेपालका छन् ।

Advertisement

तर, विश्वफुटबलमा एउटा त्यस्तो खेलाडी छन्, जो अनुशासनको दायरा नाघ्न रुचाउँदैनन् । ती हुन्, विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो ।

पछिल्लो तीन दशकयता निरन्तर फुटबल खेलिरहेका रोनाल्डो उमेरले ३९ वर्ष पुगे । सात वर्षको उमेरदेखि फुटबल खेलिरहेका उनले विश्वफुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

फुटबलमा विश्वकपको उपाधिबाहेक अरू सबै उपाधि जितिसकेका रोनाल्डो रक्सी पिउँदैन, धुम्रपान गर्दैनन्, ड्रग्स लिँदैनन् ।

यतिसम्म कि उनले सफ्ट ड्रिंक्स पनि लिँदैनन् । रोनाल्डोले यस्ता पदार्थ सेवन नगर्नुको पछाडि एउटा कारण, उनका बुबा हुन् ।

रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो ।

आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको लतबाट टाढा छन् ।

शरीरमा कुनै ट्याँटु खोपेका छैनन् । त्यसको पछाडि पनि एउटा कारण छ । रोनाल्डोले नियमित रक्तदान गर्ने गरेका छन् ।

सोही कारण उनले शरीरमा ट्याँटु नखोपेका हुन् । उनी नियमित रूपमा अभ्यास गर्छन् । रोनाल्डो दिनमा ३ हजार पल्ट सेटअप गर्छन् ।

उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । रोनाल्डो भलिबल खेलाडीभन्दा धेरै माथि उफ्रिन सक्छन् ।

रोनाल्डो स्वयम् आफ्नो मेडिकल रिपोर्टबाट अचम्मित हुन्छन् । रियल मड्रिडबाट कीर्तिमानी रकममा इटालियन क्लब युभेन्ट्स जाँदा उनको मेडिकल रिपोर्टबारे रोचक तथ्य बाहिर आएको थियो ।

मेडिकल रिपोर्टमा रोनाल्डो वास्तविक उमेरभन्दा उनको शरीर १३ वर्ष कान्छो देखिएको थियो । उनको मोटाइ, मांसपेशी र गति जाँचपछिको रिपोर्टअनुसार रोनाल्डोको शारीरिक क्षमता २० वर्षको मान्छेको जस्तै देखिएको थियो । रोनाल्डोको शरीरमा बोसो ७ प्रतिशत छ ।

शारीरिक रूपमा बलिया रोनाल्डो भावनात्मक रूपमा भने लचिला छन् । रोनाल्डो परोपकारी काममा दान गर्दछन् । उनी जातिवादमा विश्वास गर्दैनन् । स्वस्थकर खाना खाने उनी संसारको श्रेष्ठतम् खेलाडी हुन् ।

गिनिज वर्ल्ड रेकर्डमा १७ पटक नाम लेखाउन सफल भएका छन्, उनी । सामाजिक सञ्जालहरूमा सर्वाधिक फलोअर्स भएका संसारका एक मात्र व्यक्ति पनि हुन्, रोनाल्डो ।

क्रिस्टियानो रोनाल्डो दयालु तथा कमजोर आर्थिक परिवारबाट आएका हुन् । उनलाई गरिबी के हो राम्ररी थाहा छ । आज उनी धनी बनेका छन् र पनि अत्यन्तै बिनम्र छन् ।

अहिलेको सबै बिश्व समुदाय र मूलतः युवा मानिसको लागि रोनाल्डो एक राम्रो उदाहरण हुन् ।

पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डो इतिहासकै सबैभन्दा चर्चित खेलाडी हुन् । जसले विश्व फुटबलमा सबैभन्दा धेरै ९१७ गोलसमेत गरेका छन् ।

पोर्चुगलको फनचल मेडिरामा जन्मिएका रोनाल्डोले स्वदेशकै क्लब लिस्बनबाट व्यवसायिक करिअर थालेका थिए । त्यहाँबाट इंग्ल्यान्ड, स्पेन, इटाली हुँदै उनी हाल साउदी अरेबियाको अल नासरबाट खेलिरहेका छन् ।

फुटबल करिअरको उत्तरार्धमा पुगे पनि रोनाल्डोमा अझै युवाकोजस्तै जोश–जाँगर छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०