ग्रामथानमा राप्रपाका थन्दार र रास्वपाका नवीनले दर्ता गराए मनोनयन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । आसन्न उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनोनयन दर्ता गराएका छन् ।

आइतबार गाउँपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाका दिनेशकुमार (दिवेश) थन्दार र रास्वपाका नवीनकुमार विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

३० वैशाख २०७९ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधनपश्चात ग्रामथानमा उपनिर्वाचन हुन लागेको छ ।

मंसिर १६ गते हुने निर्वाचनका लागि उनीहरूले मनोनयन दर्ता गराएका हुन् ।

केन्द्रीय नेताहरू प्रल्हाद साह, दिनेश साहलगायतका नेता–कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थन्दारले उम्मेदवारी दर्ता गराएका हुन् ।

ग्रामथानमा राप्रपाका थन्दार मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका बलराम सरदार, नेकपा एमालेका तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले आजै मनोनयन दर्ता गराउने छन् ।

त्यसबाहेक एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा र एमाले छोडेका स्वतन्त्र उम्मेदवार नेमनारायण माझीले पनि मनोनयन दर्ता गराउने छन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् ।

दुई वर्षअघि भएको निर्वाचनमा एमालेका शिवनारायण माझीलाई हराउँदै कांग्रेसका गच्छदार अध्यक्षमा निर्वाचित भएका थिए । तर, १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका गच्छदारको गत असार ३ गते निधन भएको थियो ।

त्यसयता, उपाध्यक्ष गुणावतिदेवी थारूले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०