तिहारमा पड्काइने पटकाले मानव स्वास्थ्य खतरामा !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । उल्लासमय पर्व तिहारको रौनक सुरु भइसकेको छ । तिहारलाई अन्धकारविरुद्धको उज्यालो पर्व पनि भनिन्छ ।

फूलैफूल र झिलिमिली बिजुलीबत्ती तथा दीप प्रज्वलन गरेर घरआँगन सजाउने परम्पराले तिहारको माहोल उल्लासमय बन्ने गरेको छ ।

Advertisement

बजारमा तिहारलक्षित सामग्रीको बिक्रीवितरण सुरु भइसकेको छ । फूलदेखि फलफूलसम्म, दियोदेखि मैनबत्तीसम्म, रंगीविरंगी टीका सामग्रीदेखि मसलाजन्य खाद्य सामग्रीको उपभोक्ताले बेलैमा जोहो गर्न थालिसकेका छन् ।

अर्कोतर्फ खास गरी केटाकेटीदेखि युवापुस्तासम्मका भने तिहारको रमाइलोलाई अझै रोमाञ्चक बनाउन पटकाको खोजीमा जुटिसकेका छन् ।

पटका खरिदका लागि अभिभावकसँग रकमकलम मिलाउने ध्याउन्नमा उनीहरू देखिन्छन् । देउसी–भैली खेलेर प्राप्त भएको रकम त यसै पनि उनीहरूले पटकामै खर्च गर्ने हुन् ।

पटका पड्काउनु वातावरणीय दुष्प्रभावका साथै मानव स्वास्थ्यका लागि हानिकारक भएकाले प्रशासनले हरेक वर्ष सूचना जारी गरेर खरिदबिक्रीमा कडाइ गर्दै आएको छ ।

यद्यपि जस्तोसुकै कडाइ गरिए पनि अवैध निकासी हुने गरेकाले बर्सेनि पटका आतंक सिर्जना हुने गरेको जगजाहेर छ ।

तिहारमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले हरेक वर्ष विशेष रणनीति तय गर्दै आएको विदित हुन्छ ।

वातावरणीय असरका साथै जिउज्यानमै जोखिम हुने पटकाजन्य पदार्थ पड्काउन निषेध गरिने परम्परा नै हो । यस पटक भने सरकारले थप कडाइ गर्न लागेको प्रकाशमा आएको छ ।

सरकारले पटकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाउने गरी बन्देज लगाउने भएको हो ।

विगतमा प्रत्येक जिल्ला प्रशासनले पटकाजन्य पदार्थ नपड्काउन सूचना जारी गरे पनि पटकाको अवैध किनबेच र पड्काउने कार्य भइरहेका थिए ।

सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटकाजन्य पदार्थ ओसारपसार, बिक्रीवितरण र प्रयोगमा पूर्ण बन्देज लगाउने तयारी गरेको गृह मन्त्रालयको भनाइ छ ।

नेपालमा मुख्य रूपमा भारतबाट पटका भित्रिने गरेको छ । केही मात्रामा चीनबाट समेत भित्र्याइन्छ ।

भारतका पटका कारखानामा विस्फोट तथा आगलागी भएर बर्सेनि धेरै मानिसको मृत्यु भएका समाचार प्रकाशमा आइरहेका छन् ।

भारतको सर्वोच्च न्यायालयले नै पटका तथा आतिसबाजीमा प्रतिबन्ध लगाएको समाचार प्रकाशित छ ।

यसअघि पनि प्रशासनिक निकायबाट र राजधानी दिल्लीमा प्रदूषण नियन्त्रण समितिले प्रतिबन्ध लगाइसकेको थियो ।

भारतमा सयौं पटका कारखानामा पाँच लाखभन्दा बढीले काम गर्दै आएका छन् भने अर्बौं रुपैयाँको पटकाको व्यापार हुने गरेको छ ।

उत्पादित मुलुकमा प्रतिबन्ध लगाइएपछि भित्रिने त छिमेकी मुलुकहरूमै हो ।

खुला सिमानाका कारण सानोतिनो प्रयासले मात्र पटका भित्रिनबाट रोक्न असम्भव देखिएपछि सरकारले कडाइ गर्न लागेको हो ।

तिहार खास गरी पर्यावरण, संस्कृति र संस्कारको संरक्षण गर्दै खुसियाली बढाउने प्रकाशमय पर्व हो ।

यस्तो मौलिक पर्वमा होहल्ला र कोलाहल उत्पन्न गर्ने मात्र नभई ध्वनि प्रदूषण बढाउने पटकाजन्य पदार्थ पड्काएर क्षणिक रमाइलो गर्दा आफू र आफ्नै परिवारको स्वास्थ्यमा गम्भीर असर परिरहेको हेक्का राख्न आवश्यक छ ।

मानिसका लागि सामान्यतः २५ डेसिबलसम्मको ध्वनि सामान्य मानिएको छ ।

सडकमा गाडी तथा अन्य ध्वनिजन्य स्रोतबाट उत्पन्न आवाज औसतमा ८५ डेसिबलसम्मको हुने र यो नै मानव स्वास्थ्यका लागि असरपूर्ण भएको चिकित्सकीय भनाइले पुष्टि हुन्छ ।

विभिन्न प्रकारका असरदार र शक्तिशाली पटका पड्किँदा उत्पन्न आवाजको मापन हजारौँ डेसिबलमा हुन सक्छ ।

त्यो पनि एक्कासि कानको जाली नै फटाउने गरी उत्पन्न आवाजले मन र मुटु नै थर्काइदिन्छ ।

क्षणिक रमाइलोले दिने असर मानव जीवन र पर्यावरणमा दीर्घकालीन हुने भएकाले सचेतना अपनाउन वातावरण विभागले समेत आग्रह गर्नुलाई सकारात्मक रूपमा लिइएको छ ।

मानिस र प्रकृतिका लागि अत्यावश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई जिउधनमै क्षति पु¥याउने खालका हानिकारक रसायन पटकाजन्य पदार्थमा हुने वातावरणविद्को भनाइ छ ।

मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन हावाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्दा त्यसले क्यान्सरलगायतका रोग वृद्धि गराउने स्वास्थ्य विशेषज्ञहरूले औँल्याएका छन् ।

श्वासप्रश्वाससम्बन्धी रोगीलाई त झनै असरदार हुने विज्ञहरूको भनाइलाई बेवास्ता गर्नु आफू र आफ्नै स्वास्थ्यमाथि खेलबाड गर्नु हो ।

पटकाका कारण बर्सेनि आगलागीका घटना हुने गरेको अर्को तथ्य सबैसामु छर्लङ्ङ छ ।

आगलागीबाट हुने जिउधनको नोक्सानीप्रति बेलैमा सावधानी अपनाउनु नै श्रेयस्कर हुन्छ ।

कुनै पनि माध्यमबाट पटका भित्रिन नदिने गरी सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्नु पर्छ ।

विगत वर्षहरूमा यदाकदा देखिएको जस्तो बिक्रीवितरणमा कडाइ गरिने तर सुरक्षाकर्मीकै घरमा ज्यादा पटका पड्किने तितो यथार्थतर्फ पनि बेलैमा सचेत गराउन वाञ्छनीय छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१३ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१४ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
१६ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१६ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
१७ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०