भारतमा फ्रिजभित्र भेटियो नेपाली महिलाको शव, हत्याको कारण त्रिकोणात्मक प्रेम !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ असोज, २०८१
२ वर्षअघि

एजेन्सी । भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ ।

बैंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो ।

सो भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो । साथै भुइँमा समेत शवका टुक्रा छरिएका थिए ।

छरिएका शवका टुक्रा संगेल्न फरेन्सिक टोलीले सरकारी अस्पतालबाट मूर्दाघरका कर्मचारीलाई नै बोलाउनु पर्‍यो ।

महालक्ष्मी सो घरमा पाँच महिनादेखि बस्दै आएकी थिइन् । उनी बस्ने तलको ढोका सेप्टेम्बर २१ मा १९ दिनपछि खुलेको थियो । उनी सो घरमा एक्लै बस्थिन् ।

उनी हरेक दिन बिहान नौ बजे घरबाट निस्किएर राति साढे १० बजेपछि मात्रै फर्किन्थिन् । त्यसैले छिमेकीलाई पनि उनको बारेमा खासै धेरै जानकारी नभएको बताइएको छ ।

२ सेप्टेम्बरपछि महालक्ष्मीको फोन एक्कासि बन्द भएपछि बैंगलुरुमै बस्ने उनको आमा र बहिनी चिन्तित भए ।

महालक्ष्मीको अपार्टमेन्टभित्रबाट नराम्रो दुर्गन्ध आउन थालेपछि २० सेप्टेम्बरमा सो भवनमा बस्ने केहीले भवन मालिकलाई गुनासो गरेका थिए ।

भाडामा बस्ने बेलामा महालक्ष्मीले आकस्मिक सम्पर्क भनेर बैंगलुरुमै बस्ने आफ्नी आमा र बहिनीको ठेगाना दिएकी थिइन् ।

सोही नम्बर खोजेर घरमालिकले उनको आमालाई फोन गरे । फोन आएपछि आमा पनि आत्तिएर आइन् । उनको साथमा फ्ल्याटको अर्को साँचो थियो ।

घर मालिक र छिमेकीको रोहबरमा अपार्टमेन्टको ढोका खोलियो । ढोका खुलेपछि भित्रबाट यति दुर्गन्ध आइरहेको थियो कि कोही भित्र जानै सकेनन् । केही बेर पछि मानिसहरू भित्र छिरे । भुँईभर रगतको टाटो थियो ।

शवका स–साना टुक्रा थिए । कोठाबाट फ्रिजसम्म रगतको धर्को सुकेको देखिन्थ्यो ।

यो देखेर भवन मालिकले तत्कालै प्रहरीलाई फोन गरिदिए । प्रहरी आएर फ्रिजमा हेर्दा महालक्ष्मीको खुट्टा र टाउको पाए । फ्रिजमा शरीरका अन्य कयौँ स–साना टुक्रा पनि थिए ।

फ्ल्याटमा खनतलासी गर्ने क्रममा मोबाइल फोन भेटिएको थियो । मोबाइलमा अन्तिम कल सेप्टेम्बर २ मा गरिएको थियो । यसको आधारमा प्रहरीले महिलाको मृत्यु सेप्टेम्बर २ वा ३ गते भएको हुन सक्ने अनुमान गरेको छ ।

महालक्ष्मीको हत्या किन गरियो ? मृत्युको कारण के थियो ? हत्यारा को हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले यस मामिलामा छानबिन सुरु गरेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार महालक्ष्मीका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ ।

सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए ।

जहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् ।

उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरी जन्मियो ।

सन् २०२३ सम्म उनीहरूको जीवन ठीकठाक चलिरहेको थियो । तर २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए । छोरी हेमन्त दाससँग बस्थिन् ।

महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन् । छोरीलाई भेट्न उनी १५ दिन वा महिनामा एकपटक हेमन्तको घर जान्थिन् ।

अनुसन्धानअनुसार हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो । हेमन्तले महालमक्ष्मी र उत्तराखण्डमा हेयर ड्रेसल काम गर्ने अशरफबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो ।

यही झगडाका कारण करिब ९ महिनाअघि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् । केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् ।

प्रकाशित समय: मङ्गलबार ८ असोज, २०८१, २२:०७:५२

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
६ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ हप्ताअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०