भारतमा फ्रिजभित्र भेटियो नेपाली महिलाको शव, हत्याको कारण त्रिकोणात्मक प्रेम !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ असोज, २०८१
२ वर्षअघि

एजेन्सी । भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ ।

बैंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो ।

Advertisement

सो भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो । साथै भुइँमा समेत शवका टुक्रा छरिएका थिए ।

छरिएका शवका टुक्रा संगेल्न फरेन्सिक टोलीले सरकारी अस्पतालबाट मूर्दाघरका कर्मचारीलाई नै बोलाउनु पर्‍यो ।

महालक्ष्मी सो घरमा पाँच महिनादेखि बस्दै आएकी थिइन् । उनी बस्ने तलको ढोका सेप्टेम्बर २१ मा १९ दिनपछि खुलेको थियो । उनी सो घरमा एक्लै बस्थिन् ।

उनी हरेक दिन बिहान नौ बजे घरबाट निस्किएर राति साढे १० बजेपछि मात्रै फर्किन्थिन् । त्यसैले छिमेकीलाई पनि उनको बारेमा खासै धेरै जानकारी नभएको बताइएको छ ।

२ सेप्टेम्बरपछि महालक्ष्मीको फोन एक्कासि बन्द भएपछि बैंगलुरुमै बस्ने उनको आमा र बहिनी चिन्तित भए ।

महालक्ष्मीको अपार्टमेन्टभित्रबाट नराम्रो दुर्गन्ध आउन थालेपछि २० सेप्टेम्बरमा सो भवनमा बस्ने केहीले भवन मालिकलाई गुनासो गरेका थिए ।

भाडामा बस्ने बेलामा महालक्ष्मीले आकस्मिक सम्पर्क भनेर बैंगलुरुमै बस्ने आफ्नी आमा र बहिनीको ठेगाना दिएकी थिइन् ।

सोही नम्बर खोजेर घरमालिकले उनको आमालाई फोन गरे । फोन आएपछि आमा पनि आत्तिएर आइन् । उनको साथमा फ्ल्याटको अर्को साँचो थियो ।

घर मालिक र छिमेकीको रोहबरमा अपार्टमेन्टको ढोका खोलियो । ढोका खुलेपछि भित्रबाट यति दुर्गन्ध आइरहेको थियो कि कोही भित्र जानै सकेनन् । केही बेर पछि मानिसहरू भित्र छिरे । भुँईभर रगतको टाटो थियो ।

शवका स–साना टुक्रा थिए । कोठाबाट फ्रिजसम्म रगतको धर्को सुकेको देखिन्थ्यो ।

यो देखेर भवन मालिकले तत्कालै प्रहरीलाई फोन गरिदिए । प्रहरी आएर फ्रिजमा हेर्दा महालक्ष्मीको खुट्टा र टाउको पाए । फ्रिजमा शरीरका अन्य कयौँ स–साना टुक्रा पनि थिए ।

फ्ल्याटमा खनतलासी गर्ने क्रममा मोबाइल फोन भेटिएको थियो । मोबाइलमा अन्तिम कल सेप्टेम्बर २ मा गरिएको थियो । यसको आधारमा प्रहरीले महिलाको मृत्यु सेप्टेम्बर २ वा ३ गते भएको हुन सक्ने अनुमान गरेको छ ।

महालक्ष्मीको हत्या किन गरियो ? मृत्युको कारण के थियो ? हत्यारा को हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले यस मामिलामा छानबिन सुरु गरेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार महालक्ष्मीका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ ।

सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए ।

जहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् ।

उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरी जन्मियो ।

सन् २०२३ सम्म उनीहरूको जीवन ठीकठाक चलिरहेको थियो । तर २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए । छोरी हेमन्त दाससँग बस्थिन् ।

महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन् । छोरीलाई भेट्न उनी १५ दिन वा महिनामा एकपटक हेमन्तको घर जान्थिन् ।

अनुसन्धानअनुसार हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो । हेमन्तले महालमक्ष्मी र उत्तराखण्डमा हेयर ड्रेसल काम गर्ने अशरफबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो ।

यही झगडाका कारण करिब ९ महिनाअघि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् । केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०