ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० भदौ, २०८१
२ वर्षअघि

विराटनगर । नेकपा एमालेका नेता शिवनारायण माझीसहित नौ जनालाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति ग्रामथान गाउँपालिका-४ कटहरास्थित जुवाको अखडामा छापा हानेर मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका माझीसहित ९ जनालाई पक्राउ गरेको हो ।

Advertisement

ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी नवराज कार्कीले बताए ।

उनीहरूको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् ।

उक्त निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट उठेका जयप्रकाश गच्छदार थारूलाई ५९ मतको झिनो मतान्तरले हराउँदै माझी ग्रामथान गाउँपालिकाको संस्थापक अध्यक्ष बनेका थिए ।

तर, उनी २०७९ वैशाख २८ गतेको स्थानीय तहको निर्वाचनमा जयप्रकाश गच्छदार थारूसँग १५ सय भोटले हारेका थिए ।

अब, उनी उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदका आकांक्षीमध्ये एक हुन् । एमालेका माझी प्रबल दाबेदार हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी, सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राई छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूलाई आज जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
८ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०