ग्रामथान गाउँपालिका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ, १८ लाख नगद बरामद !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० भदौ, २०८१
६ महिनाअघि

विराटनगर । नेकपा एमालेका नेता शिवनारायण माझीसहित नौ जनालाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति ग्रामथान गाउँपालिका-४ कटहरास्थित जुवाको अखडामा छापा हानेर मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका माझीसहित ९ जनालाई पक्राउ गरेको हो ।

ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी नवराज कार्कीले बताए ।

उनीहरूको साथबाट १८ लाख ५१ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् ।

उक्त निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट उठेका जयप्रकाश गच्छदार थारूलाई ५९ मतको झिनो मतान्तरले हराउँदै माझी ग्रामथान गाउँपालिकाको संस्थापक अध्यक्ष बनेका थिए ।

तर, उनी २०७९ वैशाख २८ गतेको स्थानीय तहको निर्वाचनमा जयप्रकाश गच्छदार थारूसँग १५ सय भोटले हारेका थिए ।

अब, उनी उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदका आकांक्षीमध्ये एक हुन् । एमालेका माझी प्रबल दाबेदार हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी, सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राई छन् ।

सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूलाई आज जुवा ऐनअन्तर्गत मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित समय: आईतबार ३० भदौ, २०८१, ०८:०६:४८
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०