छुरा प्रहार गरी प्रेमिकाको हत्या, प्रेमी पनि गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ भदौ, २०८१
७ महिनाअघि

झापा । झापाको अर्जुनधारा नगरपालिकामा प्रेमीले छुरा प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । शुक्रबार साँझतिर अर्जुनधारा- ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा प्रेमीले छुरा प्रहार गर्दा १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको हो ।

हिजो साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका १० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी मनिषाको मृत्यु भएको हो ।

मनिषालाई उनका प्रेमी कैलाली गौरीगंगा नगरपालिका ३ बस्ने २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका हुन् । उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा निधन भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

यता, मनिषालाई छुरा हानेर हत्या गर्ने विकको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

प्रकाशित समय: शनिवार २९ भदौ, २०८१, ०७:५९:२४

सम्बन्धित खबर

मोरङले जित्यो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगिताको उपाधि

आईतबार ३० चैत, २०८१
६ दिनअघि

ओली भने : लुटपाट र आगजनी गरेर भाग्नेले राजतन्त्र ल्याउँछु भन्दा पत्याउन पर्दैन

शनिवार २९ चैत, २०८१
१ हप्ताअघि

विराट गोल्ड कप : एपिएफ क्वार्टरफाइनलमा, आज हुँदै छ आर्मीको खेल

बुधबार २१ फाल्गुण, २०८१
२ महिनाअघि

उर्लाबारीको ज्वेलर्समा अनौठो चोरी : सुन छोडेर चाँदीमात्र लगियो

सोमबार १९ फाल्गुण, २०८१
२ महिनाअघि

प्रकृति लम्साललाई ७६ वर्षीय हजुरबुबाले दिए दागबत्ती

बिहिबार ८ फाल्गुण, २०८१
२ महिनाअघि

बिहेले नै सक्यो छविराजलाई : शिल्पालाई चार करोडको घर दिएर सरे डेरामा !

मङ्गलबार ८ माघ, २०८१
३ महिनाअघि
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा
शनिवार ६ ब‌ैशाख, २०८२
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार ५ ब‌ैशाख, २०८२
काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार ५ ब‌ैशाख, २०८२
इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो
शुक्रबार ५ ब‌ैशाख, २०८२
एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी
शुक्रबार ५ ब‌ैशाख, २०८२
देवानगन्जको गोली काण्ड : तीन जना पक्राउ, कारण खुल्न सकेन
बुधबार ३ ब‌ैशाख, २०८२
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
मङ्गलबार २ ब‌ैशाख, २०८२
आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा
सोमबार १ ब‌ैशाख, २०८२
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार १ ब‌ैशाख, २०८२
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ
आईतबार ३० चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०