हसिनाविरुद्ध मुद्दा : ४५० मानिसको हत्या गरेको आरोप

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० साउन, २०८१
४ महिनाअघि

विराटनगर । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानिस हत्या आरोपमा मुद्दा दर्ता भएको छ ।

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् । र, अहिले उनी भारतमै छिन् ।

उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उनको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।

निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले शेख हसिना र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जनाए ।

उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा स्वीकार गर्न आदेश दिएको थियो ।

यो बंगलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ ।

यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ ।

जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो ।

प्रकाशित समय: बुधबार ३० साउन, २०८१, ०७:१३:५४

सम्बन्धित खबर

अष्ट्रेलियामा विराटनगर समाज स्थापनाः सीप र प्रविधि लिएर युवा फर्किए नेपाल छिट्टै समृद्ध बन्ने पुरीको भनाई

आईतबार ११ कार्तिक, २०८१
१ महिनाअघि

अमेरिकामा भेटियो मान्छेको जस्तै दाँत भएको माछा

मङ्गलबार २२ असोज, २०८१
२ महिनाअघि

एकाबिहानै हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु भएको आशंका

बुधबार १६ असोज, २०८१
२ महिनाअघि

भारतमा जितिया पर्व मनाउँदा ३७ बालबालिकासहित ४३ जनाको डुबेर मृत्यु

बिहिबार १० असोज, २०८१
२ महिनाअघि

भारतमा फ्रिजभित्र भेटियो नेपाली महिलाको शव, हत्याको कारण त्रिकोणात्मक प्रेम !

मङ्गलबार ८ असोज, २०८१
२ महिनाअघि

बंगलादेशको सत्ताको बागडोर सेनाको हातमा !

मङ्गलबार २२ साउन, २०८१
४ महिनाअघि
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०