पेरिस ओलम्पिक : महिला म्याराथनमा सन्ताेषी ७९औं स्थानमा सीमित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २७ साउन, २०८१
२ वर्षअघि

पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।

आज भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् ।

महिला म्याराथनमा नेदरल्यान्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् ।

यस्तै, इथियोपियाकी टिग्स्ट असेफाले रजत र केन्याकी हेलेन ओबिरीले कास्य पदक जितिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तोषी गत १५ गते पेरिस पुगेकी हुन् ।

१० दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् ।

सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सातमध्ये ६ जना खेलाडी ओलम्पिकमा सहभागी भएर स्वदेश फर्किसकेका छन् ।

नेपालबाट पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् ।

 

प्रकाशित समय: आईतबार २७ साउन, २०८१, १५:१७:४७
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०