बंगलादेशको सत्ताको बागडोर सेनाको हातमा !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ साउन, २०८१
२ वर्षअघि

एजेन्सी । प्रधानमन्त्री सेख हसिनाले राजीनामासहित देशबाट पलायन भएपछि बंगलादेशको शासनसत्ता त्यहाँको सेनाको हातमा पुगेको छ ।

वर्तमान सरकारको नेतृत्वकर्ताले राजीनामा दिएलगत्तै शासकीय पद्धतिको बागडोर सेनाको हातमा पुगेको हो ।

Advertisement

देशको अवस्था जटिल हुँदै गएपछि बंगलादेशका प्रधान सेनापतिले अन्तरिम सरकार गठनको पहल थालेका छन् ।

प्रधान सेनापति वकर उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको तयारी सुरु भएको जानकारी दिए ।

सबै जिम्मेवारी आफूले लिएकाले प्रदर्शन छाडेर घर फर्कन आन्दोलनकारीलाई आग्रह गरे । तर, सरकारको नेतृत्वकर्ताको विषयमा राष्ट्रपति मोहम्मद सहबुद्दिनसँग छलफल गरेका छन् ।

प्रमुख दललाई समेत सरकारमा समावेश गरेर अघि बढ्ने पहल थालिएको छ । सरकारी सेवामा प्रजातन्त्रका सेनानीका सन्तानलाई आरक्षणको व्यवस्था खारेज गर्ने वा नगर्ने मुद्दासँगै सुरु भएको आन्दोलन हिंसात्मक बन्दा हसिनाको सत्ता सकिएको हो ।

त्यहाँको सर्वोच्च अदालतले आरक्षणको सुविधा अत्यन्त न्यून मात्र राख्ने निर्णय गरे पनि आन्दोलन रोकिएन ।

बंगलादेश स्थापनाको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका परिवारका सन्तानका लागि ३० प्रतिशतसम्म आरक्षण प्रदान गरिँदै आएको थियो ।

त्यसविरोधी आन्दोलनमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । आरक्षणबाट त्यो आन्दोलन प्रधानमन्त्रीविरुद्ध मोडियो ।

आन्दोलनले आइतबार अत्यधिक हिंसात्मक रूप लिई एकै दिन ९१ जनाको मृत्यु भएपछि प्रदर्शनी सरकारको नियन्त्रण बाहिर गयो ।

सोमबार आन्दोलन नियन्त्रणबाहिर गएपछि बाध्य भई प्रधानमन्त्री हसिनाले राजीनामा दिइन् ।

त्यहाँको अवस्था तनावग्रस्त बनेकाले देशव्यापी रूपमा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । उच्च सुरक्षा अपनाउँदै हवाई सेवासमेत बन्द गरिएको छ ।

झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि हसिनाले पद त्याग गर्दै देश छाडेकी थिइन् ।

बंगलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाउनुभएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्याग्न बाध्य भइन् ।

उनी विगत १६ वर्षदेखि लगातार निर्वाचित हुँदै पाँचौंपटक बंगलादेशको प्रधानमन्त्रीका रूपमा कार्यरत थिइन् ।

उनी पछिल्लो समय जनताको तीव्र आलोचना र आन्दोलन थेगिनसक्नु भएपछि जनताको चाहनाको सम्मान गर्दै सत्ता छाडेर भारततर्फ लागिन् ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
५ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
१ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०