विराटनगरमा यौन धन्दा चलाउँदै आएकी चुँडाल समातिइन्, ६ युवतीको उद्धार !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ असार, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको घटना बाहिर आएको छ।

विराटनगरको नयाँ गुद्री क्षेत्रमा रहेको उक्त फ्ल्याटमा  प्रहरीले छापा मारी ६ जना युवतीलाई उद्धार गरेपछि यो घटना बाहिर आएको हो।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार, इनरुवाका ३० वर्षीय राजकुमार साह र झापाकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर-११ मा एक घरको फ्ल्याट भाडामा लिएर यो अवैध धन्दा चलाउँदै आएका थिए।

“आकर्षक रोजगारीको प्रलोभन देखाई काठमाडौं लगायत विभिन्न ठाउँबाट युवतीहरूलाई ल्याइएको थियो,” एसपी कार्कीले भने, “उनीहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पारिन्थ्यो।”

उद्धार गरिएका युवतीहरू २१ देखि २३ वर्ष उमेर समूहका छन्। उनीहरू काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा, उदयपुर र झापाका रहेका छन्।

प्रहरीका अनुसार, युवतीहरूलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो। “उनीहरूको शरीरभरि कुटपिटका चोट र चुरोटका ठुटाले पोलेका घाउहरू देखिन्छन्,” एसपी कार्कीले थपे।

सन्ध्या चुँडाललाई पक्राउ गरिएको छ र उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको छ। राजकुमार साह फरार रहेका छन्।

उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उद्धार गरिएका युवतीहरूलाई एक महिला अधिकारवादी संस्थाको जिम्मा लगाइएको र उनीहरूलाई घर फिर्ता गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: मङ्गलबार २६ असार, २०८१, ०७:१६:०७
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०