विराटनगरमा यौन धन्दा चलाउँदै आएकी चुँडाल समातिइन्, ६ युवतीको उद्धार !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ असार, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको घटना बाहिर आएको छ।

विराटनगरको नयाँ गुद्री क्षेत्रमा रहेको उक्त फ्ल्याटमा  प्रहरीले छापा मारी ६ जना युवतीलाई उद्धार गरेपछि यो घटना बाहिर आएको हो।

Advertisement

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार, इनरुवाका ३० वर्षीय राजकुमार साह र झापाकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर-११ मा एक घरको फ्ल्याट भाडामा लिएर यो अवैध धन्दा चलाउँदै आएका थिए।

“आकर्षक रोजगारीको प्रलोभन देखाई काठमाडौं लगायत विभिन्न ठाउँबाट युवतीहरूलाई ल्याइएको थियो,” एसपी कार्कीले भने, “उनीहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पारिन्थ्यो।”

उद्धार गरिएका युवतीहरू २१ देखि २३ वर्ष उमेर समूहका छन्। उनीहरू काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा, उदयपुर र झापाका रहेका छन्।

प्रहरीका अनुसार, युवतीहरूलाई शारीरिक र मानसिक यातना दिइन्थ्यो। “उनीहरूको शरीरभरि कुटपिटका चोट र चुरोटका ठुटाले पोलेका घाउहरू देखिन्छन्,” एसपी कार्कीले थपे।

सन्ध्या चुँडाललाई पक्राउ गरिएको छ र उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको छ। राजकुमार साह फरार रहेका छन्।

उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उद्धार गरिएका युवतीहरूलाई एक महिला अधिकारवादी संस्थाको जिम्मा लगाइएको र उनीहरूलाई घर फिर्ता गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
९ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
१० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१० घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
१० घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०