विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा बिहीबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हिजो ७:३० बजेतिर कोशी गाउँपालिका-३ नहरचोकमा ओभरटेक गर्दैगरेको ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।
पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२त १२४३ न. को ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको लु२ख ६०५९ न. को ट्रकले ठक्कर दिएको थियो ।
ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा ट्याक्टरमा सवार कोशी-२ बस्ने वर्ष अन्दाजी १८ को राजकुमार यादव गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन तथा ट्रक चालक रुपन्देही त्रिलोतमा नगरपालिका-१० बस्ने ३४ वर्षीय बाबुराम श्रेष्ठ र ट्याक्टर चालक कोशी-२ बस्ने २५ वर्षीय शिवनन्द यादवलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।