झापा । झापाको मेचीनगर नगरपालिकामा रोकेर राखेको पिकअपसँग स्कुटर जुध्दा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति १०:४५ बजेतिर मेचीनगर- १२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे.७प.७२८३ नम्बरको स्कुटर रोकेर राखेको पिकअपसँग ठोक्किएको थियो ।
हाइवेको बाँया साइडमा बिग्रिएर रोकिराखेको को .१ च. ७२६४ नम्बरको बोलेरो पिकअपसँग ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका थिए ।
स्कुटर चालक बुद्धशान्ति गाँउपालिका-५ बस्ने अन्दाजी २५ को लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि सवार तत्काल नाम थर नखुलेको अन्दाजी ३५ वर्षको पुरुष मानिस गम्भीर घाइते बनेका थिए ।
उनीहरूलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइकोमा थियो ।
तर, अस्पताल पुग्नासाथ ११:०० बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव सोही अस्पतालामा छ भने पिकअप गाडी प्रहरी चौकि चारआली झापाको नियन्त्रणमा रहेको छ ।
बोलेरो पिकअप चालक भने सम्पर्कमा नभएको हुँदा खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
स्कुटर तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।