लोकसभा निर्वाचन : मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने पक्का

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ ।

बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।

Advertisement

मतपरिणामअनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ सिटमा जित हासिल गरेको छ ।

अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ । परिणाम घोषणा भएकामध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’ हरूले देखाए झैँ एकल बहुमत भने जुटेन ।

भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ ।

मोदीको तेस्रो जित

भारतका प्रधानमन्त्री मोदीले वाराणासीबाट तेस्रो पटक विजयी हुनुभएको छ । उनी तेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी गर्ने छन् ।

भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुईपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि मोदीले दुई कार्यकाल सम्हालेका छन् ।

उनलाई तेस्रो कार्यकालका लागि बिहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल एकीकृत र चन्द्रबाबु नाइडुको तेलगु देशम पार्टीको ३० सिटको साथ लिनुपर्ने हुन्छ ।

मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा ३३६ सिटमा जित हासिल गर्दा भाजपा एक्लै २८२ सिटमा विजयी भएको थियो । सन् २०१९ मा भाजपाको ३०३ सहित गठबन्धनले ३५२ सिटमा विजय हासिल गरेको थियो ।

भाजपा नेता सुधान्सु त्रिवेदीले गठबन्धनले अपेक्षाकृत नतिजा नआए पनि गठबन्धनले जित हासिल गरेकाले मोदी नेतृत्वमै सरकार बन्ने बताइसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०