लोकसभा निर्वाचन : मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने पक्का

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ ।

बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।

Advertisement

मतपरिणामअनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ सिटमा जित हासिल गरेको छ ।

अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ । परिणाम घोषणा भएकामध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’ हरूले देखाए झैँ एकल बहुमत भने जुटेन ।

भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ ।

मोदीको तेस्रो जित

भारतका प्रधानमन्त्री मोदीले वाराणासीबाट तेस्रो पटक विजयी हुनुभएको छ । उनी तेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी गर्ने छन् ।

भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुईपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि मोदीले दुई कार्यकाल सम्हालेका छन् ।

उनलाई तेस्रो कार्यकालका लागि बिहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल एकीकृत र चन्द्रबाबु नाइडुको तेलगु देशम पार्टीको ३० सिटको साथ लिनुपर्ने हुन्छ ।

मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा ३३६ सिटमा जित हासिल गर्दा भाजपा एक्लै २८२ सिटमा विजयी भएको थियो । सन् २०१९ मा भाजपाको ३०३ सहित गठबन्धनले ३५२ सिटमा विजय हासिल गरेको थियो ।

भाजपा नेता सुधान्सु त्रिवेदीले गठबन्धनले अपेक्षाकृत नतिजा नआए पनि गठबन्धनले जित हासिल गरेकाले मोदी नेतृत्वमै सरकार बन्ने बताइसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
५ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
१ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०