विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ । सातै प्रदेशमा हुने रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो ।
कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुने छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याएको बताए ।
प्रधानमन्त्री प्रचण्डले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताए ।
‘वदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ, प्रधानमन्त्री प्रचण्डले भने,’ ‘एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।’
श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बताए ।
मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् । रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रस्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन सक्ने निजी क्षेत्रको पनि बुझाइ छ ।
प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको सहर विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबीचको संगमस्थल बन्न सक्ने अनुमान गरिएको छ ।
मेलामा सहभागी भएर आफ्नो योग्यता, सीप तथा क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिनसमेत अपिल गरिएको छ ।
५० वटा स्टल रहने मेलामा सात सय जनाको आवेदन आउने र कम्तिमा दुई सय ५० जनाले रोजगारी पाउने अनुमान आयोजकको छ ।
विराटनगरबाट सुरु हुने यो मेला देशका सातै प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने बताइएको छ ।
बागमती प्रदेशमा जेठ ३० गते समापन हुने यसको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ ।
सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । आन्तरिक रोजगारी प्रवर्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि हो ।