सुन्दरहरैंचामा सडक विस्तारको काम सुरु, ओलीले गरे शिलान्यास

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नं. ६, ७ र ८ भित्र पर्ने दुई सडकखण्ड विस्तारको काम सुरु भएको छ । सडकलाई चारलेनमा विस्तार गर्ने कार्य बिहीबारबाट सुरु भएको हो ।

मोरङको सुन्दरहरैंचास्थित ‘चन्द्रनगरबाट पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ’ र ‘महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा’ सम्मको दुई सडकखण्ड विस्तारको काम सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त दुई आयोजनाको शिलान्यास गरेका हुन् ।

Advertisement

सुन्दरहरैंचाको वडा ६, ७ र ८ भित्र पर्ने उक्त सडकखण्डहरुलाई दुवैतर्फ ड्रेनसहित दुईलेनमा स्तरोन्नति गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । पालिकाका अनुसार आगामी १ वर्षभित्र सम्पन्न हुनेगरी सडक स्तरोन्नतिको कार्य अघि बढाइएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

सडक विस्तारका लागि नगरपालिकाले गत वैशाख १० गते नै मकवानपुरको लामा बानिया जेभीसँग सम्झौता गरिसकेको छ । कुल ४५ करोड ८५ लाख २३ हजार ६६९ रुपैयाँमा सडक विस्तार सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अब विस्तार हुने सडक दुवैतर्फ सडकबत्ती, फुटपाथ, पक्की ड्रेन, ८ वटा पाइप कल्भर्ट, १४ वटा बक्स कल्भर्ट र ट्राफिक लाईट सिग्नलसहितको हुनेछ ।

सडकको गुणस्तरमा कुनै कमी कमजोरी नहुने दाबी नगरपालिकाको छ । बिहीबार सडकको शिलान्यास गर्नुहुँदै एमाले अध्यक्ष ओलीले समेत सडक निमार्णमा कुनै किसिमको लापरबाही नगर्न निमार्ण कम्पनीलाई आग्रह गरेका छन् ।

चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ ४ किलोमिटर र महेश्वर सुब्बा मार्ग–लाटीझोडा ५ किलोमिटर सडकखण्ड भने विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको जनाईएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०