विराटनगर । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत नेपालीको प्रश्नपत्र बाहिरिएको छ ।
सिराहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।
शुक्रबार बिहान परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बाहिर भेटिएको हो ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।
परीक्षा हलवरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।