विराटनगरको पिपल चौकमा दुर्घटना : मोटरसाईकल चालक घाईते

राकेश कर्ण
सोमबार १२ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर–४ पिपल चौकस्थित बाजेको सेकुवा कर्नर अगाडि सिटी सफारी र मोटरसाईकल एकापसमा ठोक्किदा १ जना घाईते भएका छन् ।

दुर्घटना परी मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको एयरपोर्ट मोडस्थित हाम्रो अस्पतालमा उपचार भईरहेको छ । उत्तरबाट दक्षिणतर्फ गईरहेको मोटरसाईकललाई कोशी राजमार्गको पूर्वबाट पश्चिमतर्फबाट बाटो काटिरहेको सिटी सफारीले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटरसाईकललाई ठक्कर दिने सिटी सफारी र चालक हाल फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए । उनले दुर्घटना गराएर फरार रहेको सिटी सफारीको अगाडिको भागमा क्षति पुगेको जानकारी दिए । उनले भने, ‘सिसीटिभी फुटेजको आधारमा सफारी र चालकको खोजी कार्य भईरहेको छ । छिट्टै प्रहरी नियन्त्रणमा हुनेछ ।’

घटनाबारे भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

प्रकाशित समय: सोमबार १२ चैत, २०८०, १७:३५:१३

सम्बन्धित खबर

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०