प्रदेशस्तरीय हाजिरी जवाफमा उत्कृष्ट शिक्षादीपका विद्यार्थी सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको विराटनगरस्थित शिक्षादीप कलेजले शनिबार सम्पन्न प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कलेजले पिईए काठमाण्डौंद्वारा शनिबार आयोजित छनौट चरणको हाजिरी जवाफ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल आफ्ना ४ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

Advertisement

मोरङ र सुनसरीका कुल ३४ टीममध्ये उत्कृष्ट प्रर्दशन गरेर उक्त स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्का र को–अर्डिनेटर नवीन कुमार रायले सम्मान गरेका हुन् ।

कलेज प्राङ्गणमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काले विद्यार्थीहरुभित्र भएको क्षमताले समग्र कलेजलाई नै गौरवान्वित तुल्याएको बताए ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल विनय प्याकुरेल र अनमोल अधिकारी तथा प्रशान्त कार्की र निश्चल आचार्यको टीमलाई कलेजले ५/५ हजार नगद पुरस्कारसहित सम्मान गरेको हो ।

पिइएले भने मोरङको बुढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार कोशी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा कुल २/२ जना दरले कुल ३२ वटा टीमको सहभागिता रहेको थियो ।

जसमा विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुको दुई टीम हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल भएको थियो ।

शनिबार सम्पन्न प्रतियोगिताका दुवै विजेता टीमलाई आयोजक पिईएले क्रमशः रु. १० हजार र ५ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्रका साथ पुुरस्कृत गरिसकेको छ ।

पहिलो र दोश्रो स्थान प्राप्त गरेका टीमका विद्यार्थीहरुलाई आयोजकले काठमाण्डौंस्थित हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेजमा पूर्ण छात्रवृत्तिमा स्नातक अध्ययन गर्न पाउने अवसर समेत प्रदान गरेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताबाट छनौटमा परेका विद्यार्थीहरुले भने आगामी अब जेठमा हुने अन्तर–प्रदेशस्तरीय फाईनल चरणको हाजिरी जवाफमा सहभागी हुन पाउने बताईएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०