बेलबारी नगरपालिका : काम छोडेर कर्मचारीको जम्बो टोली नै घुमफिरमा, सेवाग्राहीलाई सास्ती

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ फाल्गुण, २०८०
३ वर्षअघि

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कर्मचारीको जम्बो टोली घुमफिरमा निस्किएपछि सेवाग्राहीले सास्ती भोग्न परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालसहितको जम्बो टोली तालिम भन्दै घुम्न हिँडेपछि नगरपालिका आउने सेवाग्राहीले सास्ती भोग्न परेको हो ।

प्रमुख प्रशासकीय अधिकृत ढकाल, लेखा अधिकृत धनमाया राई, सूचना पूर्वाधार विकास शाखाका दिलीप राजवंशी, वडा नम्बर ११ का इन्जिनियर योगेश गौतम, नगर अस्पतालका कर्मचारी दिनेश गौतमलगायतको टोली घुम्न निस्किएको हो ।

उनीहरू फागुन २ गते घुमफिर गर्न संखुवासभातर्फ गएको स्रोतले जनाएको छ ।

घुम्न हिँडेकामध्ये कसैले तालिम छ भनेर बिदा लिएका छन् भने कसैले त भ्रमण तथा अनुगमन भत्ताका लागि आवेदनसमेत दिएका छन्  ।

यस्तै, ढकाल प्रदेशको मन्त्रालयमा तालिम भन्दै घुम्न निस्किएका हुन् भने सडक तथा पूर्वाधार विकास उपशाखाका इन्जिनियर बालकृष्ण निरौला र राम शंकर शाह सार्वजनिक खरिद अनुगमन कार्यालयको तालिममा इटहरी गएको भन्दै हिँडेका हुन् ।

यस्तै, लेखा शाखा अधिकृत राईलगायत अन्य कर्मचारीसमेत विभिन्न काममा गएको भनी संखुवसभा पुगेका हुन् ।

उनीहरू काम छोडेर घुम्न निस्किएपछि पालिकाको नियमित काममा समेत असर पुगेको छ ।

बेलबारी नगरपालिका-५ कसेनीका सुजित गिरि तीन दिनयता पालिका धाइरहन बाध्य रहेको सुनाउँछन् ।

‘वडाबाट काम सकेर पालिका धाउन थालेको तीन दिन भइसक्यो,’ उनी भन्छन्,’ उहाँहरू आउने निर्क्यौल नहुँदा काम नै बनेको छैन ।’

ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पिनु पर्छ ।

तर, बिदा नलिई घुम्न गएका नगरका प्रमुख प्रशासकीय अधिकृतले भने आफ्नो जिम्मेवारी कसैलाई दिएका छैनन् ।

यो विषयमा नगरप्रमुख दिलप्रसाद राईले घुमफिर सकेर आएपछि स्पष्टीकरण सोध्ने बताएका छन् ।

प्रकाशित समय: शुक्रबार ४ फाल्गुण, २०८०, २०:२८:१३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०