व्यवसायी डुब्दा भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् ।

नेपाल उद्याेग वाणिज्य महासंघ काेशी प्रदेशकाे छैठौं प्रदेश सभामा उनले साझेदार छुटिएर जानसक्छ तर पाङ्ग्रा छुटिँदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेकाे बताएका हुन् ।

´कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्याे भने सरकार चल्न सक्दैन,` उनले भने, ´बैंक डुब्याे भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्राेत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेकाे छ ।`

महासंघकाे याे सभाले प्रदेशको दीगो विकासमा केन्द्रीत हुन्छ भन्नेमा विश्वस्त रहेकाे बताएका छन् ।

´व्यवसाय गर्नेभन्दा नेता बढी भएको अवस्था छ, तपाईंहरू कि राजनीति गर्नुहोस् कि व्यवसाय, दुईतिर हातहाल्यो भने सफल भइँदैन् । व्यवसायको लागि दक्ष जनशक्तिको आवश्यकता रहेकाे हुँदा प्रदेश सरकारले महिला र युवालाई उद्यमी बनाउने अभियान चलाएको छ ।`

प्रदेशको उद्यमशिलतालाई अगाडि बढाउन उद्योग दर्तासम्बन्धी नियमावली ल्याएर अनलाइनबाट नै उद्याेग दर्ता, नवीकरणलगायतको काम सुरु भइसकेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

´अलैंचीको व्यापार भारतमात्रै हाेइन, तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको छ,` उनले भने, ´कुनैपनि विषयमा दु:ख दिने खालको निकास नखोजौं, भारतमा मात्रै अलैंची निकासी गर्दा मूल्यमा कमी आएकाे बेला यहाँका किसानलाई घाटा व्यहाेर्नु पर्दछ ।`

कानुन डर, त्रास देखाउने हतियार नभइ सहजीकरण गर्ने माध्ययम भएकाेले उद्याेगी व्यवसायीहरूलाई नडराउन उनले आग्रह गरेका छन् ।

´अर्काले गरेको देखी नसहने नेपाली समाजमा छिमेकीले नै छिमेकीकाे उन्नति, प्रगतिदेखि नसहने भएकाले पछि परेका छाैं,` उनले भने, ´मजदुरका छाेराछाेरीले सधैं मजदुरी नै गरिदिनुपर्ने हो त ? श्रम सबै समान हुन्छ । श्रमकाे आधारमा कसैले कसैलाई विभेद गर्न पाउँदैन अनि मात्रै देश विकास हुन्छ । विराटनगरभन्दा काठमाडौंमा बढी भएमा त्यहाँ आफ्नो श्रम बेच्छ, काठमाडौं भन्दा कतारमा बढी भयो भने त्यहाँ जान्छ । कतारभन्दा अमेरिकामा बढी भएमा त्यहाँ बेच्छ । ? श्रम बेच्न त पाइन्छ होला नि ?`

विदेश गएका मानिहरुलाई जनसम्पर्क मोर्चा बनाएर लेबी उठाई पार्टी चलाउने र फर्केपछि विमानस्थलमा विदेश जाँदै गरेकाे फाेटाे राखेर गाली गर्ने व्यवहारमा नेताहरूले परिवर्तन गर्नुकाे विकल्प नभएकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

औधोगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्दै छौं । संघको आपूर्ति मन्त्रालयबाट परामर्शदाता चाँडै आउँदै छन् त्यसपछि प्रदेश सरकारले व्यवस्थित रूपमा उद्याेग क्षेत्रकाे विकासमा प्रदेश सरकार लाग्ने उनले बताएका हुन् ।

´डेमेक्रेसी होस् कि अटोक्रेसी जस्तो मुलुकमा पनि व्यवसायी नभएको देश हुँदैन,` उनले भने, ´सरकारले प्रवर्द्धनका लागि ल्याउने नीतिमा व्यवसायलाई कसरी प्रमोट गर्ने भन्ने कुरा हुन्छ ।`

प्रकाशित समय: सोमबार २९ माघ, २०८०, १७:३५:०९

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
६ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
७ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
९ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
९ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
११ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
१३ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०