एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा वैवाहिक समारोहबाट फर्किँदै गरेका ३५ जना महिलाहरू अपहरणमा परेका छन् ।
नाइजेरियाको कटसिना राज्यमा अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएका हुन् ।
बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेकामाथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको प्रहरी प्रवक्ता अबुबकर अलियुले बताए ।
बेहुलीलाई बेहुलाको घर पुर्याउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई अपहरणकारीले नियन्त्रणमा लिएका थिए, जसमध्य ३५ महिला बेपत्ता रहेका छन् ।
नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ ।