रुसमा छोरा बेपत्ता भएपछि आमाको रोदन : ‘बुढेशकालको सहारा गुम्यो’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ माघ, २०८०
३ वर्षअघि

विराटनगर । वैदेशिक रोजगारीमा जानका लागि भौतारिरहेका बेला मोरङको लेटाङ नगरपालिका–३ का ३३ वर्षीय विकास राईले रुसमा रहेका गाउँले साथीसँग सम्पर्क गरे ।

गाउँकै साथीले रुसमा राम्रो कमाइ हुने भनेर लोभ्याएपछि विकासको मन देशमा अडिएन ।

Advertisement

घरमा नाबालक छोरा छोडेर उनले रुस जाने निधो गरे ।

थोरै आर्मीको तालिमपछि राम्रो कमाइ गर्न सकिने आश्वासन पाएका विकासले रुस जान ऋणपान गरेर आठ लाख रुपैयाँ खर्चिएका थिए ।

गत कात्तिक ४ गते दुबई हुँदै रुसका लागि हिँडेको थिए, उनी ।

रुस पुगेपछि उनले नेपालमा रहेको आफ्नो परिवारसँग फोन सम्पर्क पनि गरे ।

रुस र युक्रेनबीचको युद्ध चलिरहेको समयमा रुसी सेनामा भर्ती भएका विकासको अवस्था गत मंसिर २५ गतेयता अज्ञात छ ।

विकास युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर साथीले रुसबाट उनको घर परिवारमा सुनाएका थिए ।

‘भिडन्तमा परेपछि युक्रेनी सेनाको कब्जामा छ भन्ने सुनेकी छु,’ विकासकी आमा पञ्चकुमारी राई भन्छिन्, ‘पाँच दिन हराएपछि एकचोटी त फोन आएको थियो । अहिले ऊ लापत्ता छ ।’

पञ्चकुमारीका अनुसार पुसको पहिलो साता विकास एकपटक सम्पर्कमा आएका थिए ।

त्यसबेला विकासले आफ्नी श्रीमतीको मोबाइलमा फोन गरेर करिब १० मिनेटजति कुराकानी गर्दै आफू युक्रेनी सेनाको कब्जामा रहेको सुनाएका थिए ।

त्यसपछि भने विकासको अवस्था अज्ञात छ ।

‘एउटा त्यहीँ छोरा थियो कमाउने र हातमुख जोड्न सघाउने, उसको भाइ त सानै छ,’ पञ्चकुमारी आँखाभरि आँसु पार्दै भन्छिन्, ‘मेरो त बुढेशकालको सहारा गुम्यो, उसको नाबालक छोरा र बुहारीको बिचल्ली हुनेभयो ।’

पञ्चकुमारीले आफ्नो छोरालाई सकुशल स्वदेश फर्काइदिन सरकारसँग आग्रह गरेकी छन् ।

उनी भन्छिन्, ‘नेपाल सरकारले मेरो छोरालाई फर्काएर ल्याइदियोस् । अरू नेपाली पनि त्यहाँ छन् भने स्वदेश फर्काइदियोस् ।’

सोही वडाका ३९ वर्षीय टीका गुरुङको आफ्नै मोटरसाइकल ग्यारेज थियो ।

करिब ६ वर्षसम्म उनको दैनिकी त्यहीँ ग्यारेजमा एकनासले बित्ने गरेको थियो ।

तर, पछिल्लो समयमा ग्यारेजबाट राम्रो आम्दानी हुन छाडेको भन्दै उनी पनि रुस हानिएका थिए ।

रुसमा रहेका एक साथीको खातामा साढे सात लाख रुपैयाँ हालेर उनी कात्तिक ४ गते दुबई हुँदै रुसका लागि हिँडे ।

विकासजस्तै टीका पनि अहिलेसम्म परिवारको सम्पर्कमा छैनन ।

लेटाङको एकै ठाँउका विकास र टीकाजस्तै लेटाङ नगरपालिकाका २० भन्दा बढी युवा विभिन्न माध्यमबाट रुस पुगेको बताइएको छ ।

रुस–युक्रेन युद्धको समयमा रुसी सेनामा भर्ना भएका विकास र टीका चार सातादेखि घरपरिवारको सम्पर्कमा छैनन् ।

रुस–युक्रेन लडाइँको मैदानमा होमिएका आफ्ना परिवारका सदस्य लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि उनीहरूका परिवार बिलखबन्दमा परेको छ ।

रुसका लागि लडाइँ लड्नेहरू घाइते हुँदा, बेपत्ता हुँदा अनि मृत्युवरण गर्न बाध्य हुँदा पनि उनीहरूको विषयमा स्थानीय सरकारदेखि केन्द्र सरकार भने बेखबर जस्तै छ ।

यता, लेटाङ नगरपालिका भने रुस जानेहरूको तथ्यांक संकलन गर्ने तयारीमा रहेको नगरप्रमुख भूपेन्द्रकुमार लावती बताउँछन् ।

‘हामीले थाहा पाएअनुसार एक दर्जनभन्दा बढी रुस जानुभएको छ,’ उनले भने, ‘नगरबासीलाई को–को रुस जानुभएको छ भन्नेबारे जानकारी दिनुहोला भनेर भनेका छौं । बेपत्ता भएको निवेदन यहाँ परेपछि परराष्ट्रमा पत्रचार गरेका छौं ।’

रुस–युक्रेन युद्धमा जसमा कोसी प्रदेशको इलामका गंगाराज मोक्तानको पनि केही समय अघि रुस–युक्रेन युद्धमा मृत्यु भएको थियो ।

हालसम्म रुस–युक्रेन युद्धमा परी १२ जनाको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
३ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०