क्यासिनोमा नेपाली : प्रहरीको ‘मिलेमतो’, पत्रकार नै ‘गार्ड’ (भिडिओसहित)

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिने क्यासिनोमा नेपाली नागरिकको प्रवेश प्रतिबन्ध छ ।

तर, विराटनगरका क्यासिनो भने नेपालीले नै भरिभराउ हुनेगरेका छन् ।

जुवाजन्य खेल खेलाइने क्यासिनोमा नेपालीहरूको प्रवेश खुला रहेको पछिल्लो एक घटनाले पनि प्रष्ट पार्छ ।

गत शुक्रबार मध्यराति रत्ना होटलमा रहेको सम्राट क्यासिनो बाहिर दुई नेपाली युवाबीच खुकुरी हानाहान भएको थियो ।

सम्राटमा जुवा खेलेर बाहिर निस्किएका विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरीले लागेर कँडेलको टाउकोमा १२ टाँका लगाइएको छ भने देब्रे कानमा पाँच टाँका लगाइएको छ ।

उनीमाथि खुकुरी प्रहार गर्ने झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

उनका अनुसार कँडेलकी पत्नीले दिएको किटानी जाहेरीका आधारमा थपलियाविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको हो ।

‘घटनामा संलग्न केही मान्छे फरार छन्,’ उनले भने, ‘घटनास्थलका फुटेजहरू संकलन गरेर थप अनुसन्धान भइरहेको छ ।’

ओलीका अनुसार रोनाल र विक्रम साथी–साथी हुन् ।

सँगसँगै क्यासिनो छिरेका उनीहरूबीच पैसा हारमारको विषयमा विवाद सुरु भएको खुलेको उनको भनाइ छ ।

क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकालेपछि उक्त विवाद खुकुरी हानाहानमा परिणत भएको थियो ।

जसमा घाइते बनेका कँडेल उपचारपछि घर फर्किएका छन् भने थपलियामाथि मोरङ अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता, यो घटनामा क्यासिनो दोषी रहेको भन्दै गिरि फाउन्डेसनको अगुवाईमा स्वतन्त्र युवा समूह, विराटनगरलगायतले मोरङ प्रशासन र मोरङ प्रहरीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रहरीको मिलेमतोमा कानुनविपरीत नेपालीलाई क्यासिनोमा प्रवेश गराएपछि यस्तो परिस्थिति बनेको गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिको ठहर छ ।

‘यदि, नेपालीले क्यासिनोमा प्रवेश पाउँथेनन् भने यो घटना हुने थिएन,’ गिरि भन्छन्, ‘यसैले पनि यो घटनाको मूल जड नै क्यासिनो हो । आफ्नो फाइदाका लागि केही व्यक्तिलाई मिलाएर कानुन उल्लंघन गरी उनीहरूले नेपालीलाई प्रवेश दिलाएका छन् । यसैले क्यासिनोलाई पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

उसो त कँडेलमाथि खुकुरी प्रहार गर्ने थपलिया गिरिको संरक्षणमा रहेको आरोप छ ।

तर, गिरिले भने कँडेल र थपलिया दुवै आफू आबद्ध कांग्रेसनिकट रहेकाले आफ्नो नाम जोडिएको हुन सक्ने बताउँदै आफू यस विषयबाट अलग रहेको सुनाए ।

‘मेरो नाम जोडेर दुष्प्रचार भइरहेको छ,’ उनले भने, ‘दुवै जना नेपाली कांग्रेसआबद्ध छन् । कांग्रेसका अरूसँग पनि मेरो चिनजान छ । उनीहरूले बाहिर झगडा गर्दा मेरो नाम जोड्नु गलत हो । मैले गर्दै गरेको सामाजिक काम असफल गराउन यसरी गलत हल्ला चलाइएको हो ।’

मोरङ प्रहरीले क्यासिनोमा जुवा खेल्न नेपालीले कसरी प्रवेश पाएभन्ने बारेमा पनि अनुसन्धान थालेको छ ।

नेपालीले क्यासिनोमा प्रवेश पाएको पुष्टि भएमा क्यासिनोमाथि पनि कारबाही हुने प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म चाहिँ जिल्ला प्रहरी र वडा प्रहरीको टोलीले आकस्मिक र नियमित अनुगमन जारी राखेका छौं,’ ओलीले भने, ‘नेपालीले प्रवेश पाएको हालसम्म देखिएको थिएन । छानबिन गर्दा दोषी देखिएमा क्यासिनोलाई पनि जुवाजन्य गतिविधिमा कारबाही गर्छौं ।’

रत्ना होटलमा सञ्चालित ‘सम्राट’ र बिग होटलमा सञ्चालित ‘च्याम्पियन जोन’ गरी विराटनगरमा अहिले दुई क्यासिनो सञ्चालनमा छन् ।

प्रहरी प्रशासनकै मिलेमतोमा सञ्चालकले खुलेआम नेपालीलाई क्यासिनोमा जुवा खेलाउने गरेको आक्षेप लाग्ने गरेको छ ।

नेपालीको प्रवेशलाई ‘नजरअन्दाज’ गर्नका लागि सञ्चालकले प्रहरीमाथि मोटो रकम खर्चिने गरेको आरोप छ ।

यो विषयमा एकपटक ‘हेलो सरकार’ समक्ष उजुरी परेको थियो भने एकपटक विराटनगर महानगरपालिकाले अनुगमनसमेत गरेको थियो ।

तर पनि विराटनगरका क्यासिनोमा नेपालीको प्रवेश रोकिन सकेको छैन ।

प्रहरी, नेपाली ग्राहक र सञ्चालकबीच समन्वयात्मक भूमिका बनाउन सम्राट क्यासिनोका सञ्चालकले एक जना पत्रकारलाई नै जागिर दिएको छ ।

विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका ती पत्रकारले वर्षौंयता त्यहाँ काम गरिरहेका छन् ।

भिडिओ हेर्न यहाँ थिच्नुहोस् ।

 

प्रकाशित समय: बुधबार ३ माघ, २०८०, ०८:५५:५८

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ minutes

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०