समातिए असफल, जसले ससुराली पुगेर श्रीमतीलाई छिनाए, सासू र छिमेकीलाई पनि खुकुरीले हाने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ पुस, २०८०
२ वर्षअघि

फिदिम । पाँचथर प्रहरीले पाँचथरको तुम्वेवा गाउँपालिका-५ का ३५ वर्षीय असफल भनिने नरोध्वज कुरुम्वाङलाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटको पेकुवास्थित ससुरालीघर पुगेर श्रीमतीको हत्या गर्ने असफललाई  शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हाङ्गुमको पखरे टोलमा बाटोमा हिँड्दै गरेको अवस्थामा आज बिहान ७ः४० बजेतिर उनलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका असफललाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

उनले मिक्लाजुङ-३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए ।

कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा ससुराली पुगेर ३५ वर्षीया श्रीमती गोमाको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

असफललाई रोक्न आएका  छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमायालाई पनि घाइते बनाएर उनी बेपत्ता भएका थिए ।

घाइते दुवै जनाको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार हुँदै छ ।

कुरुम्वाङ दम्पतीबीच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।

पाँच वर्षअघि सोही ठाउँमा यस्तै प्रकृतिको घटना हुँदा नौ जनाको हत्या भएको थियो । त्यसबेला ज्वाईंले ससुराली र आफन्तको हत्या गरी आत्माहत्या गरेका थिए ।

प्रकाशित समय: शनिवार २८ पुस, २०८०, १२:०९:४२
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०