हिटर बालेर सुतेका पूर्ववडाध्यक्ष उठेनन्

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० पुस, २०८०
३ वर्षअघि

चिसोका कारण बेलुका हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-१ का पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामा रहेका छन् ।

Advertisement

काभ्रेपलान्चोक प्रहरीका अनुसार ८२ वर्षीय लामाको  निसास्सिएर मृत्यु भएको हो ।

लामासँगै सुतेकी उनकी श्रीमती असनी माया लामा भने बेहोस भएकी छन् ।

उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान अबेरसम्म सुतेका बुबा-आमा नउठेपछि छोरा-बुहारीले ढोका खोलेर हेर्दा बुबा-आमालाई बेहोस अवस्थामा फेला परेका थिए ।

पछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा लामाको बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०